सञ्जीव खन्ना बने भारतको ५१औं प्रधानन्यायाधीश
जानकारी केन्द्र
२०८१, कार्तिक, २६
काठमाडौँ । सञ्जीव खन्ना भारतका ५१औँ प्रधानन्यायाधीश बनेका छन् । न्यायाधीश सञ्जीव खन्नाले सोमबार बिहान राष्ट्रपति भवनमा भारतको ५१औँ प्रधानन्यायाधीशको सपथ लिएका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ प्रधानन्यायाधीशलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए । आइतबार न्यायाधीश डीवाई चन्द्रचूडले भारतको ५०औं प्रधानन्यायाधीशको रूपमा आफ्नो कार्यकाल समाप्त गरेका थिए । उनी दुई वर्षभन्दा बढी समय यस पदमा थिए।
न्यायाधीश सञ्जीव खन्ना २४ अक्टोबरमा नै भारतको प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनले १९८३ मा आफ्नो करियर सुरु गरेका थिए । सर्वोच्च अदालत अघि उनले दिल्लीको तीस हजारी जिल्ला अदालत, दिल्ली उच्च अदालतलगायत धेरै अदालतमा अभ्यास गरेका थिए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
