• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
  • ८ घण्टा 

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • ९ घण्टा 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने
  • ९ घण्टा 

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
  • ९ घण्टा 

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित
  • ११ घण्टा 

रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने
  • ११ घण्टा 

गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा
  • १२ घण्टा 

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • २. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ३. नयाँ एफजेड एफआइ न्यू जेन सार्वजनिकसँगै भृकुटिमण्डपमा सुरु भयो वैशाख ५ सम्म ‘यामाहा ब्लू फेस्ट’

  • ४. तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने

  • ५. २०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

  • ७. गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

  • १०. यस्तो छ आजको मौसम पुर्वानुमान

भारतको दिल्लीमा प्रदुषण बढेपछि जीआरएपी-३ लागु

जानकारी केन्द्र २०८१, कार्तिक, ३०

काठमाडौँ । भारतको दिल्लीमा वायु प्रदूषणको स्थिति लगातार खराब हुदै गएपछि वायु प्रदूषण नियन्त्रण गर्न ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) -३ प्रतिबन्धहरू लागू गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि यो प्रतिबन्ध लागू गरिएको हो ।

पछिल्लो तीन दिनदेखि दिल्लीमा वायु गुणस्तर सूचकांक ४०० भन्दा माथि रहेको छ र ३९ अनुगमन केन्द्रहरूमध्ये २७ मा वायु प्रदूषण ‘गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको छ ।

प्रदूषणको गम्भीर अवस्थालाई ध्यानमा राख्दै दिल्ली सरकारले पाँच कक्षासम्मका विद्यालयहरू अर्को आदेश सम्मका लागि बन्द गर्ने आदेश दिएको छ, यद्यपि अनलाइन कक्षाहरू भने जारी रहनेछन् ।

दिल्लीकी मुख्यमन्त्री आतिशीले सहरमा बढ्दो प्रदूषण स्तरका कारण अर्को आदेश नभएसम्म प्राथमिक विद्यालयको कक्षाहरू अनलाइन बनाइएको जानकारी दिएकी छन् ।

वायु गुणस्तर व्यवस्थापन आयोग (सीक्यूएम) ले बिए-३ पेट्रोल र बीएस-४ डिजेलमा चल्ने गाडीहरू गुरुग्राम, फरीदाबाद, गाजियाबाद र दिल्ली र एनसीआरको नोएडामा प्रतिबन्ध लगाएको छ ।

जाडोमा, दिल्ली एनसीआरमा वायु प्रदूषणको अवस्था खराब श्रेणीमा पुग्ने गरको छ । यसलाई नियन्त्रण गर्न, जिआरएपी चार चरणमा लागू गरिएको छ ।

वायु प्रदुषणको स्तर २०१ देखि ३०० सम्मको अवस्थामा जिआरएपी -१ लागु गरिन्छ भने३०१ देखि ४०० सम्मको अवस्थामा जीआरएपी-२ लागु गरिन्छ ।

त्यस्तै वायु प्रदुषणको स्तर (एक्यूआई) ४०१ देखि ५०० पुगेको अवस्थामा जीआरएपी -३ तथा नियमित रुपमा वायु प्रदुषणको स्तर ४५० नाघेमा जीएमएपी-४ लागु गर्ने सरकारले यसअघि नै मापदण्ड बनाएको छ । यस वर्ष अक्टोबरमा, दिल्लीमा जीआरएपी-२ लागू गरिएको थियो किनभने त्यति बेला एक्यूआइ ३०० भन्दा माथि पुगेको थियो ।

जीआरएपी-३ मा के के प्रतिबन्ध छन् ?

शुक्रबारदेखि दिल्ली एनसीआरमा जीआरएपी-३ लागू गर्ने घोषणा गरेसँगै यसअन्तर्गत भवन निर्माण र भत्काउन रोक लगाइएको छ । तर, अत्यावश्यक र राष्ट्रिय सुरक्षा, स्वास्थ्य र सार्वजनिक पूर्वाधार आयोजनाहरू यसबाट छुट छन् ।

पूरै एनसीआरमा ढुङ्गा क्रसिङमा प्रतिबन्ध लगाइएको छ । सहरमा चल्ने सवारी साधनमा कडा प्रतिबन्ध लगाइएको छ । दिल्ली र एनसीआर सहर, गुरुग्राम, फरीदाबाद, गाजियाबाद र नोएडामा बीएस-३ र बीएस-४ उत्सर्जन मापदण्ड भएका सवारी साधनहरूलाई चलाउन प्रतिबन्ध लगाइएको छ।

डिजेलबाट चल्ने जेनेरेटर सेटको अतिरिक्त, स्वीकृत मापदण्डको इन्धन प्रयोग नगर्ने उद्योगहरू सञ्चालनमा पनि प्रतिबन्ध लगाइएको छ । तर, अत्यावश्यक वस्तु आपूर्ति गर्ने कार्गो सवारी साधनलाई भने यसबाट छुट दिइएको छ । अन्य राज्यका ती बसहरू जुन विद्युतीय सवारीसाधन, सीएनजी वा बीएस -६ मापदण्डका छैनन्, उनीहरूलाई दिल्ली प्रवेश गर्न नदिइने बताइएको छ ।

यसका साथै छोटो दुरीका लागि साइकलको प्रयोगलाई प्रवर्द्धन गर्न र निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायातलाई प्राथमिकता दिन सुझाव दिइएको छ । त्यस्तै वेल्डिङ र ग्यास काट्न प्रतिबन्धित छ, यद्यपि साना वेल्डिंग गतिविधिहरू जारी राख्न अनुमति दिइएको छ । घरहरूमा सानातिना मर्मत बाहेक, सिमेन्ट, प्लास्टर वा अन्य कोटिंग्सको प्रयोग समावेश रंग, पालिस र वार्निसिङ कार्यहरू निषेधित छन् । त्यसैगरी टाईल्स, ढुङ्गा आदि काट्ने वा भाँच्न र वाटरप्रुफिङको काममा रोक लगाइएको छ । सडक सफा गर्न स्वीपिङ मेसिन प्रयोग गर्नुपर्नेछ र धुलो शान्त गर्न नियमित पानी छर्किनुपर्ने बताइएको छ ।

भिडभाड हुने समयमा अन्य क्षेत्रको तुलनामा बढी चहलपहल हुने वा प्रदुषणको स्तर बढी भएका सडकमा दैनिक पानी छर्कने व्यवस्था गर्नुपर्नेछ । साथै घरबाट काम गर्न सक्नेहरूलाई घरबाट काम गर्ने विकल्प रोज्न सल्लाह दिइएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार शुक्रबार बिहान ७ बजे दिल्लीका धेरैजसो ठाउँमा एक्यूआइ ४०० भन्दा माथि र धेरै ठाउँमा ४५० भन्दा बढी थियो, जुन प्रदूषणको ‘गम्भीर’ श्रेणीमा पर्दछ ।

स्विट्जरल्याण्डमा आधारित वायु गुणस्तर सूचकांक अनुगमन समूह आइक्यूएयरका अनुसार बिहीबार दिल्लीमा औसत पीएम २.५ एकाग्रता २५४ थियो, जुन डब्लुएचओको मापदण्ड भन्दा १५ गुणा बढी हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

ताजा

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.