उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
काठमाडौँ । उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरिक्षण गरेको जानकारी दिएको छ ।
एजेन्सीले जारी गरेका तस्वीरमा किमले ड्रोन उत्पादन स्थलको अवलोकन गरेको देख्न सकिन्छ । यी ड्रोनहरु फरक फरक दुरीमा तोकिएको स्थानमा आक्रमण गर्न सकिने गरि बनाइएको दाबि गरिएको छ ।
यी ड्रोनहरु जमिन र समुन्द्री दुवै किसिमका आक्रमणलाई ध्यानमा राखेर बनाइएको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा ठुलो र सानो साइजका दुवै किसिमको ड्रोनको सफल परिक्षण भइसकेको र यसले उत्तर कोरियाको सैनिक गतिविधिको दयारालाई विश्वभर फैलाउने दाबि किमले गरेको उल्लेख छ ।
यी ड्रोनहरुलाई ट्रयाक गर्न मुश्किल हुने र हानेर खसाल्न समेत नसकिने दाबि गरिएको छ ।
किमले अनुगमनको क्रममा ठुलो मात्रामा यी ड्रोनको उत्पादन शुरु गर्न निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
हाल उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न १० हजार सेना पठाएको विषय बाहिर आएको बेला यी आत्मघाती ड्रोनको सफल परिक्षणको समाचार बाहिर आएको छ । 
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
