पुष्पामा अल्लु अर्जुनले ३०० करोड, अरूको पारिश्रमिक कति ?
मंसिर। फिल्म ‘पुष्पा २’को ट्रेलर रिलिज हुनासाथ यसले तहल्का नै मच्चाइसकेको छ ।
फिल्मको संवाद ट्रेलर रिलिज भएको केही समयमा नै फ्यानको मुखमा झुण्डिएको छ । ट्रेलरमा रश्मिका मन्दाना, अल्लू अर्जुन र फहाद फासिलको शैलीलाई दर्शकले निकै मन पराएका छन् ।
फिल्मले चर्चा पाइरहँदा यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने चासो जनमानसमा उत्तिकै छ । यहाँ फिल्मका कलाकारले लिएको पारिश्रमिकबारे उल्लेख गरिएको छ ।
‘पुष्पा २’मा फहाद फासिल विलेन भूमिकामा देखिँदैछन् । फिल्मको पहिलो भागमा उनले दर्शकबाट राम्रै माया पाएका थिए । उनले फिल्म ‘पुष्पा २’बाट ८ करोड पारिश्रमिक लिएका छन् । फिल्मकी नायिका रश्मिका मन्दानाले फिल्ममा श्रीवल्लीको भूमिका निभाएकी छन् । उनले फिल्ममा श्रीवल्ली बन्नका लागि १० करोड पारिश्रमिक लिएकी छन् ।
फिल्मका शीर्ष कलाकार अल्लू अर्जुनको पारिश्रमिक सर्वाधिक छ । उनले फिल्मकै लागि ३ सय करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिकसँगै उनी बलिउडको सबैभन्दा महंगो अभिनेता बनेका छन् । उनले बलिउडका सलमान खान र शाहरुख खान जस्ता सुपरस्टारलाई पनि पारिश्रमिकको मामलामा पछि पारेका छन् ।
नायिका श्रीलीलाले ‘पुष्पा २’मा आइटम नृत्य गर्नका लागि करिब २ करोड रुपैंयाँ लिएकी छन् । उनले ‘पुष्पा’मा आइटम नृत्य गरेकी सामन्थालाई ‘रिप्लेस’ गरेकी हुन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
