एआर रहमानको सम्बन्धविच्छेदमा जोडियो गिटारिष्ट मोहिनीको नाम
काठमाडौँ । बलिउडका चर्चित एआर रहमानको २९ बर्षपछि भएको सम्बन्धविच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ । मिडिया र सामाजिक संजालमा रहमानको पत्नी सायरा बानोसँग भएको सम्बन्धविच्छेदको कारण बारे चर्चा भइरहेको छ ।
यसैबीच रहमानले पत्नीसँग सम्बन्धविच्छेदको घोषणा गरेको केही घण्टा पछि, उनको समूहकी बेस गिटारिस्ट मोहिनी डेले पनि आफ्नो पतिबाट अलग भएको घोषणा गरेको थिइन् । यसको जानकारी मोहिनी आफैले सामाजिक सञ्जालमा दिएकी थिइन् । इन्स्टाग्राम पोस्टमा, उनले उनले आफ्नो पति मार्क हार्ट्ससँग आफ्नो विवाह अन्त्य भएको घोषणा गरेकी थिइन् ।
रहमानको सम्बन्धविच्छेदको घोषणा भएको केही घण्टापछि मोहिनीले पनि डिभोर्सको घोषणा गरेको विषयलाई जोडेर हेरिएको छ । मिडिया र सामाजिक संजालमा रहमानको सम्बन्धविच्छेदको कारण मोहिनी भएको टिप्पणी गरिएको छ ।
२९ बर्षिय मोहिनी कोलकाताकी हुन् । उनले एआर रहमानसँग विश्वभर ४० भन्दा बढी शो गरिसकेकी छन् र अगस्ट २०२३ मा आफ्नो पहिलो एल्बम रिलिज गरेकी थिइन् ।
अहिले गुगलमा मोहिनी डेलाई धेरै सर्च गरिएको छ । पछिल्लो ३० दिनको गुगल ट्रेन्डलाई हेर्दा मोहिनी सर्च गर्ने ग्राफ तीव्र गतिमा बढेको देखिएको छ ।
रिपोर्ट अनुसार, रहमानकी पत्नी सायरा बानोका वकिलले यी अनुमानहरूमा स्पष्टीकरण दिएका छन् । उनले भने–‘दुवैको सम्बन्धविच्छेदमा कुनै सम्बन्ध छैन । सायरा र रहमानले नै यो निर्णय लिएका हुन् । हरेक विवाहमा उतारचढाव हुन्छ ।’
यसबाहेक, जब वकिललाई एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेदको कारण सोधियो, उनले यो बताउन अस्वीकार गरेका थिए ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

