अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
बेइजिङ। एक चिनियाँ क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई डेट गर्न प्रोत्साहित गरेको छ र त्यसो गरेमा उनीहरूलाई नगद पुरस्कार दिने बताएको छ। यो विषय सामाजिक सञ्जालमा भाइरल भएको छ ।
शेन्जेन राज्यमा रहेको इन्स्टा ३६० नामक क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई अनलाइन डेटिङ प्लेटफर्ममा गरिएको प्रत्येक वैध पोस्टको लागि ७७ येन अर्थात लगभग १२०० रुपैयाँ पुरस्कार दिने बताएको छ।
यदि कुनै कर्मचारीले डेटिङ प्लेटफर्ममार्फत सफलतापूर्वक कसैसँग मेल भएमा र कम्तिमा तीन महिनासम्म सम्बन्ध कायम राख्यो भने कम्पनीले जोडी र र म्याचमेकर दुवैलाई १ हजार येन प्रदान गर्ने बताएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सो कम्पनीका प्रवक्ताले कम्पनीले यस कदमको माध्यमबाट कर्मचारीहरूको आफ्नोपन र खुशीको भावनालाई बढावा दिने लक्ष्य राखेको छ।
सो कम्पनिले अभियान सुरु गरेदेखि लगभग ५०० पोष्टहरू साझेदारी गरिएको छ र कर्मचारीहरूलाई उनीहरूको मिलानको लागि लगभग १० हजार येन दिइ सकिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो कम्पनीको नीति थाहा पाए पछि आफूहरूलाई पनि आफ्नो कम्पनिले सो सुबिधा दिनु पर्ने जनाइरहेका छन् ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

