अमेरिकाले फिर्ता गर्यो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी
न्युयोर्क । अमेरिकाले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरूबाट चोरी भएको कला फिर्ता गर्ने सिलसिला जारी रहेको छ । जसअनुसार सो पहलको एक भागको रूपमा १० मिलियन डलर मूल्यको १४०० भन्दा बढी लुटिएका कलाकृतिहरू भारतलाई फिर्ता गरेको छ।
म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार गत बुधवार भारत लगायत दक्षिण एसियावाट चोरेर अमेरिका लगिएका ती कलाकृति फिर्ता गर्न निर्देशन दिइएको हो ।
कार्यालयका अनुसार यसरी बरामद गरिएका तस्करी सामानहरूमा हालसम्म न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा हेरिएका वस्तुहरू समावेश छन्। ती मध्ये एक आकाशीय नर्तकको बलौटे ढुङ्गाको मूर्ति हो, जुन मध्य भारतबाट लन्डनमा तस्करी गरिएको थियो ।
‘यसरी भारत फिर्ता हुने क्रम जारी रहनेछ, यो लुट्ने नेटवर्क धेरै चलिरहेको अनुसन्धानमा देखिएको छ, जसमा दोषी ठहरिएका कला तस्करहरू नैन्सी वाइनर र सुभाष कपूर रहेका छन्’ बिज्ञप्तिमा भनिएको छ । सो कार्यका लागि एक अमेरिकी पुरातात्विक वस्तु व्यापारी पनि संलग्न रहेका छन ।
जसलाई न्यूयोर्कमा करोडौं डलर मुल्य बराबरको पुरतात्विक सामाग्री लुट्ने नेटवर्क चलाएको भन्दै १० वर्षको जेल सजाय सुनाइएको म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
