अष्ट्रेलियामा अब १६ बर्ष मुनिका बालबालिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
सिडनी । अष्ट्रेलियामा १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् । अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागु भएको छ ।
विश्वमा ठुला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्ने सबैभन्दा कडा नियमहरू मध्ये एक मानिएको छ ।
बिहीबार सिनेटले पारित गरेको कानूनले १६ वर्ष मुनिका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा खाता खोल्नबाट रोक लगाए लगत्तै इन्स्टाग्राम, फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाललाइ ठुलो घाटा हुनेछ ।
बालबालिकालाइ सामाजिक सञ्जाल प्रयोग गर्ने कानुन लागु गराउन नसकेमा अष्ट्रेलियन डलर ५० मिलियनसम्म जरिवाना सामाजिक सञ्जाल कम्पनिहरूलाइ हुनेछ ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले विधेयकको समर्थन गरेका छन । सो कानुन पारित भए लगत्तै अभिभावकहरूले खुसीयालीमा जुलुससमेत गरेका छन् ।
प्रधानमन्त्री अल्बानीजले भनेका छन कि अब अष्ट्रेलियाली बालबालिकाहरू आफ्ना फोनहरू बन्द गरेर फुटबल र क्रिकेट मैदान, टेनिस र नेटबल कोर्टमा, स्विमिङ पूलमा पुग्नेछन् ।
गोपनीयता सबन्धी समर्थक र केही बाल अधिकार समूहहरूले विधेयकको विरोध गरे पनि ७७ प्रतिशत जनताले १६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जालमा प्रयोगमा प्रतिबन्ध लगाउने संसदको निर्णयको स्वागत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
