Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

चिसिएको सम्बन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, १४
चिसिएको सम्बन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले

न्युयोर्क। फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटबार्ता गरेका छन् । मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका हुन । सो भेट पछि उनीहरू बिच चिसिएको सम्बन्धमा एक किसिमले सुधार आएको जनाइएको छ ।

राष्ट्रपति निर्वाचितको पहिले नै प्राविधिक क्षेत्रका अर्को प्रमुख व्यक्तित्व एक्स मालिक एलोन मस्कसँग ट्रम्पको उच्चस्तरको सबन्ध रहेको छ । र, ट्रम्पले मस्कलाइ प्रमुख जिम्मेवारी पनि दिइसकेका छन् ।

ऐतिहासिक रूपमा  ट्रम्प र जुकरबर्गबीच त्यस्तो कुनै निकटता छैन् । क्यापिटल दंगा पछि जुकरबर्गले ट्रम्पको फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएका थिए । ट्रम्पले मेटा मालिकलाई २०२४ राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेलको धम्कीसमेत दिएका थिए ।

यद्यपि, हालसालै ती तनावपूर्ण सम्बन्धहरू सुधार भइरहेको प्रमाणहरू छन्, जसको परिणत जुकरबर्गले आफ्नो फ्लोरिडा हवेलीमा राष्ट्रपति निर्वाचित राष्ट्रपतिसँग खाना खाएका छन् ।

मेटाका प्रवक्ताले बीबीसीलाई भने, ‘राष्ट्रपति ट्रम्पसँगको रात्रिभोजमा सामेल हुने दिइएको निमन्त्रणा र आगामी प्रशासनको बारेमा उनको टोलीका सदस्यसँग भेट्ने अवसरको लागि मार्क कृतज्ञ छन ।’  ‘यो अमेरिकीकन भविष्यको लागि महत्त्वपूर्ण समय हो,’ विज्ञप्तिमा भनिएको छ ।

Top Changing Nepal

युट्युब सट्स