फूटबल रेफ्रीको सानो गल्तिले अफ्रिकी देश गिनीमा ५६ जनाको मृत्यु
गिनी । गिनीमा फूटबल मैदानमा भएको झडमा कम्तिमा ५६ जनाको मृत्यु भएको छ । देशको दोस्रो ठूलो सहर निजोरकुरमामा भएको फुटबल खेलमा कम्तिमा ५६ जनाको मृत्यु भएको सरकारले जनाएको छ।
समाचार अनुसार रेफ्रीको ‘गलत निर्णय पछि’ यो घटना घटेको जनाइएको छ । रेफ्रीले पाहुना टोली लाबेका दुई खेलाडीहरूलाई रातो कार्ड दिए अनि विवादास्पद पेनाल्टी किक दिए पछि यो झडप सुरू भएको थियो ।
‘सो झडपमा जिम्मेवार व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ,’ प्रधानमन्त्री ओरी बाहले एक विज्ञप्तिमा जारी गर्दै भने, ‘यो घटनालाई दुःखद रहेको छ, शोकमा परेकाहरूप्रति समवेदना व्यक्त गर्दछु ।’
नाम खुलाउन नचाहेको एक डाक्टरले समाचार एजेन्सीहरूलाई भने, ‘अस्पतालमा आँखाले देख्ने ठाउँसम्म शवहरू लाइनमा राखिएको छ ।’ उनका अनुसार मृतकको संख्या थप बढन सक्नेछ ।
‘अरु घाइतेहरूहरू हल र सडकको भुइँमा सुतिरहेका छन्। शव भरिएको छ,’ उनले थपे। स्थानीय मिडियाले भने कि पुलिसले भीड नियन्त्रण गर्नका लागि अश्रु ग्याँससमेत प्रयोग गरेको थियो ।
जब आगन्तुक टोली लाबेका समर्थकहरूले रेफ्रीसँग रिसाएर मैदानतर्फ ढुङ्गा हान्न थाले पछि भिडन्त सुरू भएको थियो । ‘यो सबै रेफ्रीको विवादास्पद निर्णयबाट सुरु भयो। त्यसपछि प्रशंसकहरूले मैदानमा आक्रमण गरे,’ एक प्रत्यक्षदर्शीले भने ।
प्रधानमन्त्री बाहले मारिएका दर्जनौं व्यक्तिलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैलाई पूर्ण चिकित्सा र मनोवैज्ञानिक सहयोग गर्ने वाचा गरेका छन्।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

