काठमाडौँ । नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन ई–मास ७ नेपालमा भित्राउन लागेको छ । यो कार नेपाल बाहेक अन्य देशहरु त्रिनिदाद,टाबागो,सिंगापुर र मौरिसस देशहरुमा पनि लन्च हुने कम्पनिले बताएको छ ।
प्रोटोन ई–मास ७ नेपालमा २०२५ को पहिलो त्रैमासिकमा लन्च हुने अपेक्षा गरिनुका साथै जगदम्बा मोटर्सले आफ्नो विद्यमान लाइनअपमा ई–मास ७ सहज परिचय सुनिश्चित गर्नेछ । उत्त कारले एसियन एनक्यापबाट एक प्रभावशालि ५ स्टार रेटिङ पनि हासिल गरेको छ, जसमा ए.ओ.पि,सिओपि, एस ए र एम एस रेटिङ् पाएको कम्पनिले जनाएको छ ।
सबैका लागि सुरक्षालाई प्राथमिकता दिने सवारी साधनहरू प्रदान गर्ने प्रोटोनको प्रतिबद्धता रहेको कम्पनिले बताएको छ ।
नेपालमा प्रोट्रोनका सवारीसाधनहरू पहिले नै खरिदका लागि उपलब्ध रहेका छन् भने यो ई–मास ७ मोडलले नेपाली उपभोक्ताहरूको आवश्यकतालाई विशेष रूपमा ध्यानमा राखी अत्याधुनिक सुविधाहरू र प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको कम्पनिले जनाएको छ।