सुर्य नजिक पुगेको पार्कर आयो सम्पर्कमा, नासाले भन्यो, ‘सबैभन्दा ठुलो उपलब्धी’
काठमाडौं। नासाको पार्कर सोलार प्रोब डिसेम्बर २४ मा सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । क्रिसमसअघि पार्करले सूर्यबाट ६१ लाख किलोमिटर मात्रै पार गरेको थियो, अहिलेसम्म कुनै पनि यान सूर्यको यति नजिक पुगेको यो पहिलो घटना हो । तर, यस अवधिमा वैज्ञानिकहरूले यस अन्तरिक्ष यानसँग सम्पर्क गर्न नसक्दा नासाको चिन्ता बढेको थियो ।
तर शुक्रबार मध्यरातभन्दा ठीक अघि वैज्ञानिकहरूले पार्कर सोलार प्रोबबाट सङ्केत पाएको नासाले जनाएको छ । अर्थात्, नासाको यो अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्न सफल भएको औपचारिक रूपमा पुष्टी भएको छ । नासाका अनुसार सौर्य सतहबाट ६१ लाख किलोमिटरको दुरीमा पुगेर पनि यो अनुसन्धान सुरक्षित रहेको र अन्तरिक्ष यानले सामान्य रूपमा काम गरिरहेको छ ।
कतिपयलाई ६१ लाख किलोमिटरको दुरी धेरै छ जस्तो लाग्ने भए पनि नासाका वैज्ञानिक डा निकोला फक्सले यसरी व्याख्या गरेकी छिन् , ‘यदि हाम्रो पृथ्वी र सूर्यबीच १ मिटरको दूरी छ भने पार्कर सुर्य भन्दा ४ सेन्टिमिटर मात्रै टाढा भएको छ, जुन ठूलो उपलब्धि हो ।
वास्तवमा, वैज्ञानिकहरूले आशा गरेका छन् कि अन्तरिक्ष यान सुर्यको बाहिरी वायुमण्डलबाट गुज्रने बित्तिकै यसले लामो समय देखि चलिरहेका रहस्य समाधान गर्न सक्ने डाटा संकलन गर्नेछ।
वैज्ञानिकहरू भन्छन् कि सूर्यको बायुमण्डल वास्तवमा धेरै तातो छ । सूर्यको सतहको तापक्रम करिब ६ हजार डिग्री सेल्सियस वा सोभन्दा बढी हुन्छ तर उसको बायुमण्डलबाट टाढा हुँदा लाखौं डिग्रीसम्म पुग्छ। वैज्ञानिकहरू जान्न चाहन्छन् सूर्यको बाहिरी वायुमण्डलको तापक्रम अर्थात् सोलार चक्र यति धेरै हुनुको कारण के हो ? यो मिसनले वैज्ञानिकहरूलाई सुर्यवाट निस्कने उर्जाको कारण जान्न खोजिरहेका छन ।
अर्थात् सौर्य वायुको प्रवाहलाई अझ राम्ररी बुझ्न मद्दत गर्नेछ। जब यी कणहरू पृथ्वीको चुम्बकीय क्षेत्रसँग सम्पर्कमा आउँछन्, आकाश उज्यालो हुन्छ, तर यसले मौसम सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ, जसले पावर ग्रिड, इलेक्ट्रोनिक्स र सञ्चार प्रणालीहरू ध्वस्त हुन सक्छ।
पृथ्वीमा मानव जीवनका लागि सूर्य, यसको गतिविधि, अन्तरिक्षको मौसम, सौर्य वायुलाई बुझ्न निकै महत्त्वपूर्ण रहेको र नासाको पार्कर सोलार प्रोबमा यसको अध्ययनका लागि महत्त्वपूर्ण तथ्याङ्क उपलब्ध गराउने क्षमता रहेको वैज्ञानिकहरूको विश्वास छ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


