Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

अपडेटः १७७ को ज्यान लैजाने दक्षिण कोरियाली बिमान चरासँग ठोक्किएको अनुमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १४
अपडेटः १७७ को ज्यान लैजाने दक्षिण कोरियाली बिमान चरासँग ठोक्किएको अनुमान

सियोल । दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा १७७ जनाको मृत्यु भएको छ । दुई जना बाँचेकालाई बिमानको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी रहेको कोरियाको आपत्तकालिन बिभागले जनाएको छ ।

जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० उडानमा ६ बिमान कर्मचारीसहित १८१ जना सवार थिए र थाइल्याण्डको बैंककबाट मुआन विमानस्थलमा आइपुगेको थियो। त्यही बेला बिमान अनियन्त्रित भएर पर्खालमा ठोक्किन पुगेको थियो ।

उद्दार अधिकारीहरूका अनुसार भग्नावशेषमा शबहरू खोजी जारी राख्दा पीडितका परिवारहरू विमानस्थलमा भेला भएका छन् । अनलाइन फुटेजमा विमान रनवेबाट बाहिर निस्केको र भित्तामा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसमा एक्कासी आगो लागेको थियो ।

बिमान कसरी दुर्घटना भयो भन्ने कुनै कारण पुष्टि भएको छैन, तर फायर सर्भिसले भने चराहरूसँगको टक्कर र खराब मौसमका कारण बिमान रन वेवाट चिप्लिएको हुन सक्ने आंकलन गरेका छन ।

Top Changing Nepal

युट्युब सट्स