नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवामा सिफारिस
काठमाडौं। नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी मानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ।
गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रविन्द्र केसीलाई एआजीमा बढुवा गर्न सिफारिस गरेको हो।
हालसालै एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि उक्त रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ।
कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् थिए भने केसी केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत् थिए।
यो बढुवामा डिआइजी जनक भट्टराई छुटेका छन्। उनी अब डिआइजीबाटै अवकाशमा जाने भएका छन्।
आफ्ना निकट ब्याचमेट सबैलाई भाग पुर्याउने योजनाअनुसार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अहिले एआइजीहरूको बढुवा गरिरहेका थिए। कुँवरसँग निकट रहेका कारण कडायतले बढुवा पाए। गृहमन्त्री रमेश लेखकसँग नजिक भएकाले केसीले बढुवा पाए भने भट्टराई शक्तिकेन्द्रको रोजाइमा परेनन्।
सम्बन्धित समाचार
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

