भारतमा भेटियो झन्डै १ करोड मुल्यको घोडा, तैपनि मालिकले बेचेनन्
काठमाडौं । भर्खरै कोल्हापुर, महाराष्ट्रमा सतेज कृषि प्रदर्शनी आयोजना गरिएको थियो, जसमा यो गब्बर नामक घोडा पनि समावेश भएको थियो । कोल्हापुरका अमोल भास्करको यो घोडा जवाहरनगर क्षेत्रमा छ ।
अमोल भास्करले यो घोडा सानै छँदा १८ लाखमा किनेका थिए । उनले पुष्कर मेलाबाट शौखका लागि किनेका थिए । उनले यो घोडाको बारेमा थप जानकारी पनि दिए। यो घोडा मारवाडी नस्लको हो र करिब २८ लाख नेपाली रुपैयाँ बराबरमा खरिद गरिएको हो । भास्करलाई घोडा पाल्ने मन छ, त्यसैले उनले यो घोडा किनेका हुन् । यो घोडा कोल्हापुर सहरको एक मात्र घोडा हो र जिल्लामा औंलामा गन्न लायकका यी जातका घोडा छन् ।
हाल यो घोडा चार वर्षको भइसकेको छ । यसको मेडिकल चेकअपका लागि पुणेबाट टोलीहरू आउँछन्। भास्करका अनुसार यो घोडाको औसत मासिक खर्च ४० हजार भारतीय रुपैयाँ रहेको छ ।
गब्बरको आहार
गब्बरको डाइट पनि विशेष छ । उनलाई हरेक दिन दस लिटर ताजा दूध, चना, उमालेको साबु र कुटी दिइन्छ। खानामा मात्रै मासिक औसत ३५ देखि ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । केही दिनअघि गब्बरलाई बेच्न ५८ लाख ९नेपाली रुपैयाँ ९२ लाख ८ हजार० को अफर आएको थियो । तर, भास्करले त्यसलाई अस्वीकार गरेका छन् । यसबारे घोडाका मालिक सुनिल चौगुलेले जानकारी दिएका छन ।
९८ लाखको अफर
केही दिनअघि अमोल भास्करलाई यो घोडाका लागि पुणेबाट ५८ लाख ९नेपाली ९८ लाख ० रुपैयाँको अफर आएको थियो । तर, भास्करले यो प्रस्ताव अस्वीकार गरेका थिए । यो घोडा भास्करलाई धेरै प्यारो छ, त्यसैले उनले पैसालाई महत्व दिएनन्। यो घोडाको खानामा मात्रै मासिक ४० हजार भारतीय रुपैयाँ खर्च भइरहेको छ तर पनि उनको लागि यो घोडा निकै विशेष छ ।
प्रदर्शनीमा गब्बरको छुट्टै चर्चा
यस प्रदर्शनीमा विभिन्न किसिमका जनावर र घोडा राखिएको थियो तर कोल्हापुरको गब्बर नामको घोडाको चर्चा फरक थियो । उनको आकर्षक रुपका कारण गब्बरलाई हेर्न कोल्हापुर, सांगली, सतारा, बैंगलोर, कर्नाटक लगायतका ठाउँका किसानहरु ठूलो संख्यामा आएका थिए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
