Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २०
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने

मुम्बइ। पुष्प २ः द रूल विश्वभरका थिएटरहरूमा ठूलो दौड भइरहेको छ।

गत वर्ष रिलिज भएको अल्लु अर्जुनको यो फिल्मले पनि रेकर्ड तोडेर कमाई गरिसकेको छ, यसको मतलव हो कि पुष्पाः २ लाई सबैले मन पराएका छन् । योसँगै ओटीटीमा रिलिज हुने प्रतिक्षामा रहेका दर्शकहरुका लागि ठूलो खबर आएको छ । ओटिटीमा कहिले र कुन दिन पुष्पा २ः द रूल रिलिज हुने भन्ने  सार्वजनिक भएको छ, जसले ओटीटी दर्शकको उत्साह बढाउन सक्छ ।

पुष्पा २ः द रूलले विश्वव्यापी बक्स अफिसमा १८ सय करोड भारतीय रुपैयाँ कमाएको छ, जसबाट अझ थप कमाइ हुने अपेक्षा गरिएको छ । भर्खरै पुष्पा २ः द रूलका निर्माताले फिल्म कम्तिमा ५६ दिन ओटीटीमा रिलिज नहुने पुष्टि गरेका थिए।

यस्तो अवस्थामा जनवरी २५ मा पुष्पा २ः द रूलको पनि ५६ दिन पूरा हुनेछ । यसपछि अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ३० जनवरी २०२५ मा सबै प्रमुख भारतीय भाषाहरूमा नेटफ्लिक्समा रिलिज हुने स्रोतहरूले बताएका छन्  ।

यद्यपी निर्माताका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । माइथ्री मुभि मेकर्सको उच्च बजेटको यो फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल, राव रमेश, जगपति बाबु, सुनील र अनसूया भारद्वाजजस्ता कलाकार मुख्य भूमिकामा रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स