पुष्पाः २ पछि ‘गेम चेन्जर’को पनि प्रि रिलिजमा २ को मृत्यु, निर्माताकाे सहयोग घोषणा
हैदाराबाद । सन् २०२४ को डिसेम्बरमा ‘पुष्पा २’ को रिलिज कार्यक्रममा एक महिलाले दुर्घटनामा ज्यान गुमाइन्, त्यसपछि अल्लु अर्जुनको समस्या बढिरहेको छ ।
यसैबिच, दक्षिण भारतीय अभिनेता रामचरणको आगामी फिल्म ‘गेम चेन्जर’को प्रि रिलिज कार्यक्रम पछि पनि दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन ।
गत शुक्रबार राति राजमुन्द्रीमा ‘गेम चेन्जर’को प्रि रिलिज कार्यक्रममा सहभागी हुन गएका अभिनेताका दुई फ्यानको मृत्यु भएको हो । यस कार्यक्रममा रामचरण र आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण पनि उपस्थित रहेका थिए। चलचित्र ‘गेम चेन्जर’का निर्माताले दुर्घटनामा ज्यान गुमाएकाहरुलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
समाचार अनुसार रामचरणका दुई फ्यानमा २३ वर्षीय अर्वा मणिकान्त र २२ वर्षीय ठोक्डा चरण रहेको बताइएको छ । ‘गेम चेन्जर’को प्रि रिलिज कार्यक्रममा सहभागी भई मोटरसाइकलमा घर फर्कदै गर्दा सडक दुर्घटनामा परी उनीहरू दुवैको ज्यान गएको हो । यस विषयमा रंगमपेटा प्रहरीले मुद्दा दर्ता गरेको छ ।
फिल्मका निर्माता दिल राजुले दुर्घटनामा मृत्यु भएका दुईजनालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले दुवै युवाका परिवारलाई ५–५ लाख रुपैयाँ र हरतरहबाट सहयोग गर्ने आश्वासन दिएका छन् । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिल राजुले भने,‘ गेम चेन्जरको कार्यक्रमबाट फर्किएका २ जना फ्यानको मृत्यु भएको मैले भर्खरै थाहा पाएँ। त्यसपछि पवन कल्याणले मलाई यसमा केही गर्न सकिन्छ सोधे किनकि उनले मलाई यति ठूलो कार्यक्रम पछि केहि दुर्भाग्यपूर्ण हुँदा कति दुःख लाग्छ भन्नुभयो।’
र, पवन कल्याणले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनी भन्छन्, ‘रामचरण र मैले यो कार्यक्रमको लागि जोड दिएर आयोजना गर्न माग गरेका थियौं । उनीहरुको आत्माले शान्ति पाओस् भनी प्रार्थना गर्दछु र हामी दुबै परिवारको साथमा उभिन र सहयोग गरून् । म तुरुन्तै प्रत्येक परिवारलाई ५ लाख रुपैयाँ पठाउँदै छु र हामी उनीहरुको साथमा रहने आश्वासन दिन्छु।’
पवन कल्याणले मृतकका परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका हुन् ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार

