• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ बैशाख २०८३, बिहीबार
२४ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
  • १३ घण्टा 

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १४ घण्टा 

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • १४ घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • १४ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • १९ घण्टा 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • १९ घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • २१ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • २१ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • ३. नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात

  • ४. नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै

  • ५. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ६. देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • ७. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

  • ९. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • १०. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो

जानकारी केन्द्र २०८१, पुष, २५

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा पनि उत्तिकै बढन थालेको छ ।

पछिल्लो समाचार अनुसार भारतीय मूलकी नेतृ अनिता आनन्द क्यानडाको भावी प्रधानमन्त्री पदका लागि प्रमुख दावेदारको रूपमा अगाडी आएकी छिन् ।

जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिने जनाए पनि लिबरल पार्टीले आफ्नो नयाँ नेता चयन नगरेसम्म भने उनी नै प्रधानमन्त्री पदमा रहने छन्।

अनिता आनन्द, जो हाल क्यानडाको यातायात र आन्तरिक व्यापार मन्त्री हुन । उनी केन्टभिल, नोभा स्कोटियामा जन्मेकी थिइन ।  उनका आमाबाबु क्यानडाका भारतीयमुलका प्रसिद्द चिकित्सक थिए। उनका बुबा तमिलनाडु र आमा पंजाबकी थिइन् । अनिताका दुई बहिनीहरू छन्, गीता आनन्द, जो टोरन्टोमा वकिल छिन र सोनिया आनन्द, जो म्याकमास्टर विश्वविद्यालयमा चिकित्सक र अनुसन्धानकर्ताको रूपमा रहेकी छिन् ।

आनन्द सन् १९८५ मा ओन्टारियो गइकी हुन ।  उनी र उनका पति जोनले आफ्ना चार सन्तानलाई ओकभिलमा हुर्काइन्। उनी पहिलो पटक २०१९ मा ओकभिलको संसद सदस्यको रूपमा निर्वाचित भएकी थिइन्।

उनले २०१९ देखि २०२१ सम्म सार्वजनिक सेवा तथा खरिद मन्त्री र ट्रेजरी बोर्डको अध्यक्ष र राष्ट्रिय रक्षा मन्त्रीको रूपमा पनि काम गरेकी थिइन्। सार्वजनिक सेवा र खरीद मन्त्रीको रूपमा आनन्दले कोभिड १९ महामारीको समयमा क्यानाडालीका लागि खोप, व्यक्तिगत सुरक्षात्मक उपकरण र द्रुत परीक्षण सुरक्षित गर्न सम्झौता वार्ताको नेतृत्व गरेकी थिइन ।

त्यसपछि अनिता राष्ट्रिय रक्षामन्त्री बने पछि सेनामा हुने यौन दुर्व्यवहारविरुद्ध कदम चालेर उनी थप चर्चामा आइन् । उनले रुस–युक्रेनी युद्धको समयमा कीभलाई व्यापक सैन्य सहायता प्रदान गरेकी थिइन भने साथै युक्रेनी सेनाको प्रशिक्षणको लागि कर्मचारी उपलब्ध गराएकी थिइन्।

सेप्टेम्बर २०२४ मा भने अनिता आनन्द ट्रेजरी बोर्डको अध्यक्ष पदको अतिरिक्त यातायात मन्त्री नियुक्त भइन । राजनीति बाहेक अनिता आनन्द एक विद्वान, वकिल र अनुसन्धानकर्ताका रूपमा चिनिन्छिन्। उनीसँग युनिभर्सिटी अफ टोरन्टोमा कानुनका प्राध्यापकको रूपमा काम गरेको अनुभव छ, जहाँ उनले लगानी संरक्षण र कर्पोरेट गभर्नेन्समा जेआर किम्बर अध्यक्षको पद सम्हालेका थिइन

आनन्दले एसोसिएट डीन र म्यासे कलेजको गभर्निङ बोर्डको सदस्यको रूपमा पनि सेवा गरिसकेकी छिन् । उनी क्यापिटल मार्केट्स इन्स्टिच्युट, रोटम्यान स्कुल अफ म्यानेजमेन्टमा नीति तथा अनुसन्धान निर्देशक भइन्। उनले येल ल स्कुल, क्वीन्स युनिभर्सिटी र वेस्टर्न युनिभर्सिटीमा कानुन पनि पढाइन ।

अनिता आनन्दले क्वीन्स विश्वविद्यालयबाट राजनीतिक अध्ययनमा स्नातक (अनर्स), अक्सफोर्ड विश्वविद्यालयबाट न्यायशास्त्रमा स्नातक (अनर्स), डलहौजी विश्वविद्यालयबाट कानूनमा स्नातक र टोरन्टो विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेकी हुन् । लिभरल पार्टी भित्रको आन्तरिक राजनीतिको बिश्लेषण गर्नेहरूले अब क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो भएको जनाएकी छिन् । यद्दपी, निर्णय हुन भने बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

ताजा

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.