Jankari Kendra
२५ भाद्र २०८३, बिहीबार
Worldlink

नेपाल आइपुग्यो एचपीभी खोपको १५ लाख मात्रा, मधेश बाहेक सबै प्रदेशमा वितरण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २६
नेपाल आइपुग्यो एचपीभी खोपको १५ लाख मात्रा, मधेश बाहेक सबै प्रदेशमा वितरण

काठमाडौं । पाठेघरको क्यान्सरविरुद्धको एचपीभी  ( ह्युमन पापिलोमा भाइरस ) खोपको १५ लाख मात्रा नेपाल आइपुगेको छ । सरकारले पाठेघरको क्यान्सरलाई रोकथाम गर्ने लक्ष्यसँगै एचपीभी खोप अभियान २०८१ र ०८२ को आयोजना गर्ने निर्णय गरेको छ । यस अभियानमा करिब १७ लाख किशोरीलाई खोप दिइने योजना छ ।

हालसम्म तीन चरणमा १५ लाख ४ सय मात्रा खोप नेपाल आइपुगेको छ । खोप सुपरभाइजर अधिकृत ओम प्रसाद उपाध्यायका अनुसार, उक्त खोप मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूमा वितरण गरिसकिएको छ । थप २ लाख ६६ हजार २ सय मात्रा खोप आगामी पुस २८ गते नेपाल आइपुग्ने बताइएको छ ।

यही माघ २२ गतेदेखि कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० र १४ वर्षका किशोरीलाई खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयका अनुसार, यस अभियानको उद्देश्य पाठेघरको मुखको क्यान्सरका कारण हुने अकाल मृत्युको जोखिमलाई घटाउनु हो ।

Top Changing Nepal

युट्युब सट्स