दक्षिण कोरियाका राष्ट्रपति पक्राउ
काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । उनीमाथि विद्रोह र भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेको छ ।उनी दोस्रो पटकको प्रयत्नपछि पक्राउ परेका हुन्।
दक्षिण कोरियाको अखबार योनहाप न्युजले युन स्थानीय समयअनुसार बिहान साढे १० बजे पक्राउ परेको पुष्टी गरेको छ। बुधबार उनलाई पक्राउ गर्न गएका सुरक्षाकर्मीसहितका अधिकारीहरूलाई युनका समर्थकहरूले रोक्ने प्रयन्त गरेका थिए।
ठूलो संख्यामा युनको घरनजिक उपस्थित भएका समर्थकहरूले ब्यारिकेड राखेर अवरोध गरेपनि अनुसन्धानकर्ताहरु युनको घरबाहिरको अवरोध छिचोलेर कम्पाउन्डमा प्रवेश गरेको भनेर बिबिसीले लेखेको छ।
यसअघि पुस १९ गते युनलाई पक्राउ गर्न अनुसन्धानकर्ताहरू सउलस्थित उनको निवासमा पुगेका थिए। त्यतिबेला ठूलो संख्यामा युनका समर्थकहरूले र युनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले अवरोध गरेपछि अनुसन्धानकर्ताहरू रित्तो हात फर्किएका थिए।
त्यतिबेला पनि प्रहरी र अधिकारीहरू युनको घरको कम्पाउन्डसम्म पुगेका थिए। तर युनको सुरक्षा सेवा ९पिएसएस०का सुरक्षाकर्मीहरूले पक्राउ गर्न पुगेका अधिकारीहरूलाई अघि बढ्न नदिएपछि युनको पक्राउ प्रयत्न बिफल भएको थियो।
मंगलबार उच्च अधिकारीहरूले पिएसएसका अधिकारीहरूलाई समन्वय र सहयोग गर्न आग्रह गरेका थिए। त्यसपछि बुधबार प्रहरी र अनुसन्धानकर्ताहरूले युनलाई निवासबाटै पक्राउ गरेको हो।
सैनिक कानुन लागू गर्ने प्रयास संसदले विफल पारेपछि युन निलम्बित छन्। सैनिक कानुन ल्याएपछि उनीविरूद्ध संसदमा दर्ता भएको महाभियोग पारित भएको थियो। महाभियोगको प्रक्रिया संवैधानिक अदालतबाट टुंगिन बाँकी छ।
उनीविरूद्ध उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्न बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। सोधपुछका लागि पटकपटक बोलाउँदा युन उपस्थित नभएपछि उनीविरूद्ध पक्राउ पुर्जी नै जारी भएको हो।
अदालतले उनको कार्यालयमा सर्च गर्न पनि अनुमति दिएको थियो। दक्षिण कोरियामा राष्ट्रपति पक्राउ परेको यो पहिलो घटना हो।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

