चीनमा भु-उपग्रहमार्फत १.५० लाख किमी टाढा रहेका बिरामीकाे सफल शल्यक्रिया
बेइजिङ । चीनले हालै उपग्रह र रोबोटको प्रयोग गरेर १.५ लाख किलोमिटर टाढाबाट अल्ट्रा–रिमोट सर्जरी सफलतापूर्वक सम्पन्न गरेको छ।
चीनको पिपुल्स लिबरेशन आर्मी जनरल अस्पतालका डाक्टरहरूले एपस्टार–६डी ब्रोडब्यान्ड उपग्रहको सहयोगमा तिब्बत, युनान र हाइनानका पाँच बिरामीको शल्यक्रिया गरेका हुन्।
यी अपरेशनहरूमा कलेजो, पित्त थैली र प्यान्क्रियाजका रोगहरूको उपचार गरिएको थियो। यी सबै अपरेशनहरू चीनको स्वदेशी सर्जिकल रोबोटिक प्रणालीको सहयोगमा गरिएको जनाइएको छ । सो शल्यक्रिया पछि बिरामी पूर्ण रूपमा निको भएर भोलिपल्टै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
शल्यक्रियाको क्रममा डाटा स्थानान्तरणले १,५०,००० किलोमिटरको दूरी कभर गरेको थियो, जुन चिकित्सा इतिहासमा पहिलो हो। चीनको यो स्याटेलाइट शल्यक्रिया प्रणालीले हिमाली र जलडमरू क्षेत्रमा सफलतापूर्वक जटिल अपरेशनहरू गर्न सक्षम छ भन्ने देखाएको छ ।
यो प्रविधिले युद्ध क्षेत्र र दुर्गम क्षेत्रहरूमा घाइते सैनिक र नागरिकहरूको उपचारमा क्रान्ति ल्याउन सक्छ। सन २०२० मा लन्च भएको एप स्टार–६डी ले १५ वर्षको आयुमा प्रति सेकेन्ड ५० जीबी डाटा ट्रान्सफर गर्न सक्छ।
यसले एशिया प्रशान्त क्षेत्र, समुद्री मार्गहरू र पृथ्वीको सतहको एक तिहाइ भाग समेट्छ। यस स्याटेलाइटको सहयोगमा विश्वभर २४ सै घण्टा चिकित्सा सेवा प्रदान गर्ने दिशामा यो ठूलो फड्को मानिँदै आएको छ । चीनको यो सफलता चिकित्सा क्षेत्रमा मात्र नभई सूचना प्रविधिको क्षेत्रमा पनि ठूलो उपलब्धि हो। यो प्रविधिले भविष्यमा खतरनाक चोटपटक र जटिल अपरेशनहरूको उपचार गर्न सजिलो बनाउन सक्छ।
सम्बन्धित समाचार
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
