भीम रावलले राखे नयाँ पार्टीको नाम
काठमाडौँ । नेकपा एमालेबाट निष्कासित भएका नेता डा। भीम रावलले आफ्नो नयाँ पार्टीको नाम टुङ्ग्याएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक अवधारणापत्र अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।
वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म सङ्गठन निर्माण गरिने छ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।आफूले बनाउन लागेको पार्टी गैरकम्युनिस्ट हुने रावलले बताएका छन् । पाँच दशकभन्दा बढी समय कम्युनिस्ट राजनीति गरेका रावल अहिले आफ्नै पार्टी बनाउँदा भने गैरकम्युनिस्ट बनाउन कस्सिएका हुन् ।
एमालेले पूर्वउपाध्यक्ष रावललाई गत पुस १० गते पार्टीबाट निष्कासन गरेको थियो । त्यसपछि उनले विभिन्न व्यक्ति र सङ्गठनसँगको भेटघाटमा तीव्रता दिँदै आएका थिए ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
