कश्मीरमा ‘रहस्यमय रोग’, १७ जनाले गुमाए ज्यान गुमाएपछि गाउँ नै सिल
कश्मीर। जम्मु र कश्मीरको एउटै गाउँमा १७ जनाको रहस्यपूर्ण मृत्यु भएको छ । ‘रहस्यमय रोग’ बाट मृत्यु हुनेहरूमा अधिकांश बालबालिका रहे पछि अनुसन्धान सुरू गरिएको छ ।
गत ७ डिसेम्बरदेखि जम्मूको राजौरी जिल्लाको दुर्गम गाउँ बधलमा १२ बालबालिकासहितको मृत्यु भएको थियो ।
पीडित परिवारले बिरामी सुरुमा खाद्य विषाक्तता जस्तै लक्षणहरू देखिने र अचानक होश गुमाउने अनि त्यसपछि मृत्यु हुने गरेको जनाएका छन । जसका कारण सो गाउँलाई ‘कन्टेनमेन्ट जोन’ घोषणा गरेर अनुसन्धान सुरू गरेका छन । ताकी, यो रोगका संक्रामक नफैलियोस भन्ने उदेश्य राखिएको छ ।
सो घोषणा पछि महामारीको डर नरहेको स्थानिय स्वास्थ्य अधिकारीले बताएका छन् ।
स्थानीय अस्पतालका प्रमुख डा. एएस भाटियाले भर्ना गरिएका चार बालबालिकासहित पहिलो ५ बिरामीमा वान्ता र झाडा पखालालगायतका खानामा विषाक्तताका लक्षण देखिएको बताए । त्यसपछि घाँटी दुख्ने र सास फेर्न समस्या भएको स्थानियले स्वास्थ्यकर्मीलाइ जानकारी गराएका छन ।
संघीय सरकारले छानबिन गर्न आदेश दिएको छ । स्थानीय प्रशासनले गठन गरेको विशेष अनुसन्धान टोलीमा प्रहरी अधिकृत, रोगविज्ञ र अन्य विज्ञ सम्मिलित टोलीले हालसम्म दर्जनौं व्यक्तिसँग सोधपुछ गरिरहेको छ ।
सम्बन्धित समाचार
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

