प्रिमियर लिग : आर्सनल र सिटीको जित, चेल्सीको हार
काठमाडौं । प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ। आर्सनलले शनिबार राति लेस्टरलाई २-० ले पराजित गरेको हो। लेस्टरको घरेलु मैदानमा भएको खेलमा आर्सनलका दुवै गोल मिकेल मोरिनोले गरेका थिए।
मोरिनले खेलको अन्तिम समयतिर गोल गरेका थिए। उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरेर टिमलाई जिताए।आर्सनल २५ खेलबाट ५३ अंकका साथ दोस्रो स्थानमा छ। लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ।
शनिबारै भएको खेलमा चेल्सीमाथि ब्राइटनले जित हात पारेको छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३-० को हार व्यहोरेको छ।
म्यानचेस्टर सिटीले न्युक्यासललाई ४-० ले हराएको छ। शनिबारका अन्य खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १-०, बर्नमाउथले साउथह्याम्पटनलाई ३-१, फुलहमले नटिङघम फरेस्टलाई २-१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १-१ को बराबरी खेले।
प्रिमियर लिगमा शीर्षस्थानमा लिभरपुल छ। उसको ५७ अंक रहेको छ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

