स्पेनिस ला लिगा : बार्सिलोनाले खोस्यो रियलको शीर्ष स्थान
जानकारी केन्द्र
२०८१, फाल्गुन, ६
काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोजना फेरि शीर्ष स्थानमा उक्लिएको छ। रायो भालोसानोलाई सोमबार राति १-० ले पराजित गर्दै बार्सिलोना लिगाको शीर्ष स्थानमा उक्लिएको हो।
बार्सिलोना रियल म्याड्रिडलाई गोल अन्तरको आधरमा अंक तालिकाको शीर्ष स्थानमा पछि पारेको हो। यसअघि रियलले बार्सिलोनाको शीर्षस्थान खोसेको थियो।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोर्बट लेवान्डोव्स्कीले गोल गरेका थिए। उनले २८ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बन्न पुग्यो।
जितसँगै बार्सिलोनाको २४ खेलबाट ५१ अंक भएको छ। दोस्रो स्थानमा रहेको रियलको पनि ५१ अंक भए पनि गोलअन्तरमा पछि परेको छ।
समान खेलबाट ५० अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ। भालोसानो २४ खेलमा ३५ अंकका साथ छैठौं स्थानमा छ।
सम्बन्धित समाचार
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
