Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

हारबाट बच्यो म्यानचेस्टर युनाइटेड, कम्ब्याक गर्दै एभर्टनसँग बराबरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १०
हारबाट बच्यो म्यानचेस्टर युनाइटेड, कम्ब्याक गर्दै एभर्टनसँग बराबरी

 काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरी खेलेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टन २-२ गोलको बराबरी खेलेका हुन् ।

पहिलो हाफमा २-० गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलको दोस्रो हाफमा २ गोल गर्दै खेलमा पुनरागमन गरेको थियो । म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मानुएल उग्राटले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि बेटो र अबडोउलाय डोउकोउरले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि एभर्टनको २६ खेलमा ३१ अंक भएको छ र म्यानचेस्टर युनाइटेडको २६ खेलमा ३० अंक भएको छ ।

Top Changing Nepal

युट्युब सट्स