• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक २३, २०८२
शनिबार, कार्तिक २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२

एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो

यूरो एनक्याप टेस्टमा एवोन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

नेपाल दक्षिण अफ्रिकासँग पराजित

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

प्रभु बैंकको पनि नाफा प्रतिशत घट्यो

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

  • ५. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ८. चार उद्योगले तिरे विद्युत् महसुलको बक्यौता

  • ९. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • १०. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

रौतहटको विद्यालय: बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन !

रौतहट । सामुदायिक सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुबा, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन अर्दली सुन्दा अपत्यारिलो लाग्नसक्छ तर यो यथार्थ हो रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ५ ईशलाम्पुर गाउँ छेउ रहेको श्री रहमान प्राथमिक विद्यालयको । यस दुर्लभ विद्यालयका प्रधानाध्यापक र गुजराको नगर शिक्षा संयोजकको मिलोमतोमा बर्षेनी लाखौं रुपैयाँ भ्रष्टाचार हुँदै आएको प्रकाशमा आएको छ ।

उक्त विद्यालय लाई गाउँलेहरुले पछिल्लो समय रहमान प्राथमिक विद्यालयको स्थानमा रहमान पारिवारिक बिद्यालय भन्ने गरेका छन् । पछिल्लो एकदशक भन्दा बढी समय देखी बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन गुजरा ५ ईश्लामापुरका अवकास प्राप्त शिक्षक मजीबु रहमान भने प्रधानाध्यापक उनको छोरा महमद अफरोज आलम रहेका छन्। सोही विद्यालयमा महिला शिक्षिका प्रधानाध्यापक अफरोजको छोरी गुलशन नेसा कार्यरत रहेकी छिन् भने उनको श्रीमती सबरिन खातुन पियन अर्दलिको रुपमा कार्यरत रहेकी छिन्।

प्रधानाध्यापक महमद अफरोज विद्यालयलाई आफ्नो निजी सम्पती सरह बनाएर नगर शिक्षा संयोजक शिवमंगल साह संग मिलेर विद्यार्थीको नाउँमा लाखौं रुपैयाँ भ्रष्टाचार गरिरहेका छन्। अध्यक्ष मजीबु रहमान लक्ष्मीपुर प्राबिका प्रधानाध्यापक हुँदा २०६५ सालमा झोले विद्यालयको अवधारणा अनुरूप बाटो नभएको २ कठा खेत रजिष्ट्रेशन गरेर खोलेको उक्त विद्यालयको नालीबेली बताउन गाउँले हरुले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

मजीबु रहमानले बिद्यालय खोलेर छोरा अफरोज प्रधानाध्यापक बनाएर सञ्चालन गरेका थिए। केही वर्ष अघि गुजरा नगरपालिका अन्तर्गतका धेरै झोले विद्यालयहरु सामुदायिक विद्यालयहरूमा मर्ज भएको थियो। तर रहमानले कतैबाट राहत दरबन्दी किनेर सोही दरबन्दीमा छोरा अफरोजलाई प्रधानाध्यापक बनाएर राखेपछि विद्यालय भने अहिलेसम्म अस्तित्वमा रहेको पत्रकार सम्मेलनमा स्थानिय समाजसेवी तथा नेपाली कांग्रेसका जिल्ला सह सचिव फिरोज आलमले बताएका छन्।

मजीबु रहमान लक्ष्मीपुर प्राविमा कार्यरत हुँदा रहमान प्राबिको व्यवस्थापन समितिको अध्यक्षमा उनकै परिवारका अन्य सदस्य रहेका थिए तर उनी अवकास पछी एकदशक बढी समय देखी अध्यक्षको रूपमा बिराजमान रहेको आलमले बताएका छन्।

२०७४ सालको स्थानिय निकायको निर्वाचन पछि गुजराका नगर शिक्षा संयोजक शिवमंगल साहकै मिलोमतोमा रहमान प्राविका प्रधानाध्यापक अफरोजले लाखौं भ्रष्टाचार गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यतिमात्र नभई एकजना वडा अध्यक्षको सिंगो कार्यकाल सकेर गुजरा ५ का अर्का वडा अध्यक्ष शेख जमालुदिनको कार्यकाल आधा विती रहँदा पनि उक्त विद्यालयको व्यवस्थापन समिति गठन हुन नसक्नुमा शिक्षा संयोजककै चलखेल रहेको सहसचिव आलमले दाबी गरेका छन्।

रहमान प्राविमा हाल कक्षा १ देखि ५ सम्म झण्डै १५० जना बिद्यार्थी अध्ययनरत रहेका छन् । तर शिक्षा संयोजकसंग मिलेर प्रधानाध्यापक अफरोजले विधार्थी संख्या ३६० देखाएर नगरपालिकाबाट सम्पूर्ण सुबिधा लिँदै आएको आलमले बताएका छन्।

विद्यालयको समिती र विधार्थी संख्या लगायत अन्य जानकारीको लागि पटक पटक गुजरा नगर शिक्षा संयोजक शिवमंगल साह लाई गएर भन्दा कहिलै वास्ता नगरेको उनको आरोप रहेको छ । त्यतिमात्र नभई आफ्नो घर कटहरिया बाट दैनिक कार्यालय त्यही बाटो भएर जाने तर विद्यालयको अवस्था कहिलै नहेरेको पत्रकार सम्मेलनमा बताईएको छ ।

विद्यालयको लागि पैसा निकासा हुने दिन शिक्षा संयोजक साह प्रधानाध्यापक अफरोज आलम संगै बैंक सम्म पुगेर रकमबाट भागबण्डा गर्ने गरेको आलमले आरोप लगाएका छन् । कक्षा १ देखि ५ सम्मका प्रति विद्यार्थी खाजा बापत दैनिक १५ रुपैयाँ, पाठ्यपुस्तक सरदर ५०० रुपैयाँ र छात्रवृत्ति छात्रा सम्पूर्ण र दलित छात्रालाई सरकारले ४०० रुपैया दिँदै आएको छ । ३६० विद्यार्थीको हिसाब गर्ने होभने एकदशकमा लाखौं लाख भ्रष्टाचार भएको आलमले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा सहभागी वडा ५ का अध्यक्ष शेख जमाजुदिनले प्रधानाध्याक अफरोज ले विद्यालयको सम्पूर्ण रजिस्टर लुकाएर राखेको बताएका छन् । विद्यालयमा पटक पटक अनुगमन गर्दा कहिलै कुनै रजिस्टर नभेटेको र समिती गठनको लागि २ वर्षदेखि प्रयास गर्दा गर्दै केहीदिन अघि ४ जना सदस्य छनौट भएपनि प्रधानाध्यापकको बदमसीले पूर्णता नपाएको गुनासो गरेका छन्।

समितिलाई पूर्णता दिन आईतवार विद्यालयमा अभिभावक भेला हुँदा प्रधानाध्यापकका परिवारका मानिसहरूले मजीबु रहमान जग्गादाता भएकाले पुनः अध्यक्ष हुनुपर्ने अडान लिएर कुटपिटमा उत्रँदा पुनः स्थगित गरिएको वडा अध्यक्ष जमालुदिनले बताएका छन् ।

उता नगर शिक्षा संयोजक शिवमंगल साहसंग कुरा गर्दा जिम्मेवार व्यक्तिमाथि यस्तो आरोप लाग्नु नौलो कुरा नभएको, आफूले कुनै गलत काम नगरेको भन्दै सबै आरोपको खण्डन गरेका छन् ।

तर गुजरा नगरपालिकामा मेयर सन्तलाल चौधरीले रहमान प्राबिसंगै अन्य कैयौं विद्यालयको गतिबिधि खराब गर्नुमा शिक्षा संयोजक शिवमंगल साह मुख्य दोषि रहेको बताएका छन् । रहमान प्राविको समिती गठन लगायत अन्य गतिविधिको बारेमा पटक पटक निर्देशन दिदाँ शिक्षा संयोजक साह बिभिन्न बहाना बनाएर फुत्कीने गरेको मेयर चौधरीले गुनासो गरेका छन्। आफ्नो पहिलो कार्यकाल देखिनै गुजाराको नगर शिक्षा संयोजक रहेको उनी चिप्लो कुरा गर्ने, अनेक नियम कानुन देखाएर मनपरी गर्दै आएको उनले बताए।

रहमान प्राविका बर्तमान अध्यक्ष मजीबु रहमान लक्ष्मीपुर प्राबिको रकम हिनामिना गर्दा उनीमाथी अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा मुद्धा चलिरहेको थियो । तर शिक्षा संयोजक शिवमंगल साहले आफूलाई बिना जानकारी रहमानको सिफारिस गरी पठाएकाले पनी आर्थिक चलखेल भएको हुनसक्ने मेयर चौधरीले आशंका व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२
    एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो
    सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

    लोकप्रिय

    २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

    २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२

    एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो

    सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक २३ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • हिरो व्राण्डको पारखीहरुका लागि खुशीको खबर : नेपालमा पहिलो पटक हिरो व्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला २०८२
    • एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशतले बढ्यो
    • सीजी मोटर्सले थापाथलीमा संचालनमा ल्यायो नयाँ आयन र एक्स्पेङ ‘एक्स्पेरिएन्स सेन्टर’
    • कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.