च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ ।
जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेको थियो ।
आजको खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ । आजको खेल जित्ने देश सेमिफाइनलमा पुग्ने सम्भावना हुने छ ।
प्रतियोगिता अघि प्रमुख खेलाडीको अनुपस्थितिमा कमजोर मानिएको अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेलमा प्रतियोगिताको इतिहासकै सबै भन्दा ठुलो लक्ष्य चेज गरेर आफुलाई प्रतियोगिताको दाबेदारको रुपमा पेश गरेको छ ।
त्यसैगरी दक्षिण अफ्रिकाले पनि पछिल्ला बर्षहरुमा उत्कृष्ट क्रिकेट खेलिरहेको छ । दक्षिण अफ्रिकाका लागि हेइनरिच क्लासेनको फिटनेस चिन्ताको विषय बनेको छ । उनी अफगानिस्तानविरुद्ध खेलेका थिएनन् । उनी यस खेलमा फर्किने सम्भावना रहेको छ ।
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ११० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अस्ट्रेलियाले ५१ खेल जितेको छ । जसमा ३ खेल बराबरीमा सकिएका छन् भने एक खेलको नतिजा आएको थिएन ।
सम्बन्धित समाचार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
