पृथ्वीमा पानीको उत्पति कहिले भयो ? नयाँ अनुसन्धानले गरायाे खुलासा
काठमाडौं । ब्रह्माण्ड रहस्यले भरिएको छ। विज्ञानमा रुचि राख्ने मानिसहरूको दिमागमा ब्रह्माण्डको बारेमा धेरै प्रश्नहरू हुन्छन्। एउटा प्रश्न पनि उठ्छ कि पानीको सृष्टि कहिले भयो ? यो प्रश्नको जवाफ वैज्ञानिकहरु पनि खोजिरहेका छन् ।
वैज्ञानिकहरूले वर्षौंदेखि खोजी गर्दै आएका थिए कि पानी पहिलो पटक कसरी र कहिले बन्यो ? हामी सबैलाई थाहा छ कि जीवनको ब्रह्माण्डीय उत्पत्तिको लागि पानी महत्त्वपूर्ण मानिन्छ। हालैका खोजहरूले पानीमा धातुहरू मिसिएका ग्याँसहरू मिलेर बनेको हुनसक्ने देखाएको छ। अब यस सम्बन्धमा एउटा अनुसन्धानमार्फत ठूलो खुलासा भएको छ ।
बिग ब्याङ्गको १० देखि २० करोड वर्षपछि पानी बनेको हुनुपर्छ भन्ने अनुसन्धानले देखाएको छ । अन्वेषकहरूका अनुसार ब्रह्माण्डमा पहिले सोचेभन्दा पहिले पानी बनेको हुन सक्छ र यो पहिलो आकाश गंगाको प्रमुख भाग हुन सक्छ। यो अनुसन्धान नेचर एस्ट्रोनमीमा प्रकाशित भएको छ ।
अनुसन्धानमा अनुसन्धानकर्ताहरूले दुई सुपरनोभाको कम्प्युटर मोडल प्रयोग गरेको बताएको छन । पहिलो ताराको लागि सूर्यको १३ गुणा द्रव्यमान र दोस्रो ताराको लागि सूर्यको २०० गुणा द्रव्यमान। अन्वेषकहरूले यी विस्फोटका उत्पादनहरू विश्लेषण गरेर यसो भनेका हुन ।
अन्वेषकहरूले पत्ता लगाए कि पहिलो र दोस्रो सिमुलेशनमा अक्सिजन क्रमशः ०.०५१ र ५५ सौर्य द्रव्यमान, जहाँ एक सौर्य द्रव्यमान हाम्रो सूर्यको द्रव्यमान हो, धेरै उच्च तापक्रम र घनत्वमा पुगेको थियो ।
अनुसन्धानमा थप भनिएको छ कि जब यो ग्याँसयुक्त अक्सिजन चिसो हुन्छ र सुपरनोभाद्वारा निस्कने वरपरको हाइड्रोजनसँग मिसिन्छ, पदार्थको बाँकी बाक्लो क्लम्पहरू पछि बल्ल पानी बन्यो। यी क्लस्टरहरू दोस्रो पुस्ताका ताराहरू र ग्रहहरूको गठनको साइटहरू हुन सक्छन् भन्ने अनुसन्धानमा उल्लेख गरिएको छ ।
अनुसन्धानले भनेको छ कि यदी पानी पहिलो ग्यालेक्सीहरूको निर्माणको क्रममा नै उत्पति भएको थियो । सम्भावित विनाशकारी प्रक्रिया, यो पनि अरबौं वर्ष पहिले ग्रहहरूको गठनमा संलग्न हुन सक्ने अनुमान गरिएको छ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


