Jankari Kendra
१८ श्रावण २०८३, सोमबार
Worldlink

नेपाल-मलेसियाको बिचकाे फुटबल साँझ ७ः४५ वाट सुरू हुदैँ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, चैत्र, ११
नेपाल-मलेसियाको बिचकाे फुटबल साँझ ७ः४५ वाट सुरू हुदैँ

काठमाडौं । नेपाल र मलेसिया बिचको खेल आज साँझ हुदैँछ । एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। सो खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा  नेपाली समयअनुसार साँझ ७ः४५ बजेवाट सुरू हुदैँछ ।

एसियन कप छनोटको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल र मलेसिया समूह एफमामा रहेका छन्। फिफा वरियताअनुसार नेपालभन्दा ४३ स्थान माथि रहेको मलेसियासँग नेपालले आज पहिलो प्रतिस्पर्धा गर्दैछ ।

हालसम्म ७ पटक मलेसियाको सामाना गरेको नेपालले ६ पटक पराजय भोग्न परेको थियो । तर, सन् १९८५ मा विश्वकप छनोट अन्तर्गत नेपालले मलेसियालाई गोल रहित बराबरीमा रोकेको एउटा मात्रै रेकर्ड रहेको छ ।

गत शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा १५ स्थान माथिको सिङ्गापुरलाई भने हराएर आज मलेसियासँग मैदानमा उत्रन लागेको हो ।

Top Changing Nepal

युट्युब सट्स