नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार
काठमाडौँ । नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting ( ADSS) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ।
देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्यअन्तर्गत विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगुलगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमका अनुसार Microwave Radio Link मार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (FTTH ) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै NtTV ब्रान्डको टेलिभिजन सेवासमेत मिति २०८१।१२।०८ गतेबाट अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ।
सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्ने टेलिकमको विश्वास छ। यसका साथै दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने Transmission route को वैकल्पिक मार्गसमेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने बताइएको छ।
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


