• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • ७ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १० घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १२ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १२ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १३ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • १४ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १६ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

वर्ल्डलिंक कम्युनिकेसन्सद्वारा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर घोषणा

जानकारी केन्द्र २०८२, बैशाख, १५

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरिएको बताइएको छ ।

नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन्। यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

सम्झौता कार्यक्रम २५ अप्रिल २०२५ मा वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक समारोहबीच सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ। सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए।

नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्राण्ड एम्बेसडरहरू अनुबन्धन गर्ने ऐतिहासिक कार्य वर्ल्डलिंकले गरेको छ, जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने कम्पनीले जनाएको छ ।

समारोहमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै मनोज अग्रवालले भने, “यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्-जुन गुणहरू वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ। उनीहरूले लाखौं नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौं।   हामी यो सहकार्यले हाम्रो ब्राण्डलाई थप ऊर्जावान बनाउने र देशका विभिन्न भागमा रहेका समुदायहरूसँग हाम्रो सम्बन्ध अझ गाढा बनाउने विश्वास गर्छौं। हामी सँगै नयाँ पुस्तालाई प्रेरित गर्नेछौं, नेपालको उपलब्धिहरूलाई मनाउनेछौं र डिजिटल युगमा अझ मजबुत र समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्नेछौं।”

त्यसैगरी केशव नेपालले भने “नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ। वर्ल्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको छ। गत वर्ष हामीले ‘बीट द स्पीड’ अभियान सुरु गर्यौं जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्यो, र हामी गर्वका साथ घोषणा गर्छौं कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ। यो सहकार्य केवल ब्राण्ड प्रवर्द्धन होइन, नेपाली जनताको भावना र गौरवसँग जोडिएको हाम्रो आत्मीय प्रतिबद्धता हो। क्रिकेटले हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ, र हामी वर्ल्डलिंकका रूपमा यस राष्ट्रिय खेललाई अझ सशक्त बनाउन र नेपाली जनताको मायालाई सम्मान गर्न प्रतिबद्ध छौं।”

छ जना खेलाडीहरूले पनि आफ्नो खुशी र उत्साह व्यक्त गर्दै, नेपालकै सबैभन्दा ठूलो आईएसपी वर्ल्डलिंकले आफूहरूलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताए। उनीहरूले वर्ल्डलिंकको नवीनता, विश्वसनीयता र सामाजिक प्रतिबद्धतामा विश्वास गर्दै सहकार्यमार्फत दुवै पक्षका लक्ष्यहरू पूरा गर्न सँगै अगाडि बढ्ने प्रतिवद्धता जनाए।

यो साझेदारी वर्ल्डलिंक र नेपाली क्रिकेट नायकहरू बीचको सपनाको सपनाको उत्सव भएको बताउँदै आकांक्षा, संघर्ष र सफलताको यात्राले सम्पूर्ण देशलाई गर्वित बनाउनले उनीहरुले बताए ।

वर्ल्डलिंक कम्युनिकेसन्सलिमिटेडको बारेमा
१९९५ मा स्थापना भएको वर्ल्डलिंक कम्युनिकेसन्सलिमिटेड नेपालकै सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो। देशभरि १० लाखभन्दा बढी घरपरिवारमा इन्टरनेट सेवा पुर्‍याउँदै आएको वर्ल्डलिंकले उच्च गतिको ब्रॉडब्यान्ड र व्यावसायिक सेवा ७७ वटै जिल्लामा प्रदान गर्दै आएको छ। वर्ल्डलिंक निरन्तर प्रगतिको मार्गमा अघि बढिरहेको छ, स्थानीय समुदायलाई सहयोग गर्दै र नवप्रवर्तन र डिजिटल सशक्तिकरणमार्फत जीवन स्तर सुधार्न समर्पित रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.