युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।
सो अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरिएको हो । जसअनुसार पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौं महानगरपालिका–२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।
पक्राउ मध्ये उमेशले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका–६ बाट र सुजनलाई काठमाडौं महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सम्बन्धित समाचार
त्रिविको कडा परीक्षा आचारसंहिता लागु, नियम उल्लंघन गरे परीक्षा रद्द
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
यस्तो छ आजको मौसम पुर्वानुमान
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

