युरोपमा टेस्लाको ब्यापार ४९% घट्यो, बिवाइडीको ३५ प्रतिशतले वृद्धि
काठमाडौं । विश्वभर विद्युतीय कारका लागि चर्चित बनेको टेस्लालाई यसपटक भने युरोपमा ठूलो झट्का लागेको छ ।
युरोपेली अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीसीए) को पछिल्लो तथ्याङ्क अनुसार टेस्लाले अप्रिल २०२५ मा युरोपमा ७ हजार २६१ कार मात्र बेचेको छ, जुन गत वर्षको तुलनामा ४९ प्रतिशतले कम हो।
ब्याट्रीबाट चल्ने कारको बिक्री युरोपभर ३४.१ प्रतिशतले बढेको बेला टेस्लाको ब्यापारमा भने उल्लेखनीय यो गिरावट आएको हो। धेरै कारणहरू देखा परेका छन्, जसले टेस्लाको ब्रान्ड छविलाई हानि पुर्याइरहेको छ। सबैभन्दा महत्त्वपूर्ण भनेको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कम्पनीका सीईओ एलन मस्कको बढ्दो राजनीतिक सम्बन्ध पनि मुख्य कारण मानिएको छ ।
यस सम्बन्धका कारण मस्कको छवि युरोपमा विवादास्पद बन्दै गएको छ । मार्च २०२५ मा युरोपभरि टेस्ला शो रुमहरू बाहिर विरोध प्रदर्शनहरू पनि भएका थिए। यसले ग्राहकहरूलाई आक्रोशित तुल्यायो र टेस्लाको बिक्रीमा प्रत्यक्ष प्रभाव परेको भनिएको छ ।
अप्रिलमा मात्रै होइन, पूरै वर्षको सुरुवातदेखि नै टेस्लाको बिक्रीमा लगातार गिरावट आइरहेको छ । टेस्लाको बिक्री जनवरी देखि २०२५ अप्रिल सम्मको अवधिमा ४० प्रतिशतले घटेको छ, जुन कम्पनीको लागि ठूलो चिन्ताको विषय हो।
टेस्लाले भर्खरै आफ्नो प्रसिद्ध मोडल वाई एसयूभीको नयाँ संस्करण सार्वजनिक गरेको छ तर यस बाहेक कम्पनीसँग कुनै नयाँ मास मार्केट मोडेल पनि रहेको छैन। ग्राहकहरू अब नयाँ प्रविधि र नयाँ डिजाइनहरू चाहन्छन्, जबकि टेस्लाको हालको लाइन अप धेरै वर्ष पुरानो छ।
जसका कारण ग्राहकहरु अन्य कम्पनीतर्फ आकर्षित भएका छन् । टेस्लाले अहिले अमेरिकी वा युरोपेली कम्पनीहरूबाट मात्र नभई चीनका तीव्र गतिमा बढ्दो कम्पनीहरूबाट पनि कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।
भर्खरैको तथ्याङ्क अनुसार, चीनको बिवाइडी कम्पनीले पहिलो पटक टेस्ला भन्दा धेरै शुद्ध इलेक्ट्रिक कारहरू युरोपमा बेचेको छ। यो परिवर्तनले टेस्लाको पकड अब कमजोर हुँदै गएको देखाउँछ। टेस्लाले पूर्णतया ब्याट्रीबाट चल्ने कारहरू बनाउँछ तर युरोपेली ग्राहकहरूले अब हाइब्रिड कारलाई प्राथमिकता दिइरहेका छन्। यी कारहरू ब्याट्री र परम्परागत इन्धन दुवैमा चल्छन्।
एसीसीएका अनुसार हाइब्रिड कारहरूले अब युरोपको कुल कार बजारको ३५ प्रतिशत भन्दा बढी ओगटेको छ। तर, टेस्लासँग एउटै हाइब्रिड मोडल पनि छैन, जसका कारण यसको ग्राहक संख्या घट्दै गएको छ।
उता, एलन मस्कको बढ्दो राजनीतिक भूमिकाबाट पनि लगानीकर्ता चिन्तित छन् । मस्क अहिले अमेरिकाको सरकारी दक्षता विभागसँग सम्बद्ध छन् र पूर्व राष्ट्रपति ट्रम्पलाई सल्लाह पनि दिइरहेका छन्। यसले प्रश्न उठाउँछ कि मस्कले अब टेस्लालाई जति समय दिन सक्नु पर्छ ? नदिदाँ उनको ब्यापार धरापमा परे्रको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
