• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १२ घण्टा 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १५ घण्टा 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १७ घण्टा 

TikTok has releases 2025 Community Guidelines Enforcement Report
  • १७ घण्टा 

टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक
  • १८ घण्टा 

सुनको मुल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

एटीएमबाट एकपटकमा २० हजार र एक दिनमा ५० हजार रुपैयाँभन्दा बढी झिक्न नपाइने
  • १९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. डोङफेङ मोटरद्वारा पहिलो ईएमबि मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

  • ३. विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित

  • ४. काठमाडौँमा नयाँ वर्षदेखि रात्रिकालीन बस सेवा सुरु

  • ५. टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

  • ६. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ७. अर्थमन्त्री वाग्लेसँग नाइमा प्रतिनिधिमण्डलको भेट, कर संरचना सहज र सन्तुलित बनाउन आग्रह

  • ८. सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

  • ९. ४९९ रुपैयाँमै महिनाभर अनलिमिटेड डाटा दिने नेपाल टेलिकमको धमाकेदार नयाँ वर्ष अफर

  • १०. TikTok has releases 2025 Community Guidelines Enforcement Report

नेपालमा पहिरोजन्य प्रकोपलाई कसरी न्यूनीकरण गर्ने?

जानकारी केन्द्र २०८२, जेष्ठ, २१

काठमाडौं । नेपालमा मनसुन मौसम सामान्यतया जुन महिनाको मध्यतिर सुरू हुन्छ र सेप्टेम्बरसम्म जारी रहन्छ। सबैभन्दा धेरै वर्षा सामान्यतया जुलाई र अगस्टमा हुन्छ। नेपाली मिति अनुसार असार, साउन र भदौ महिनालाई वर्षायाम भनेर मानिन्छ। गत वर्ष असार महिनाको सुरूमै नारायणघाट-मुग्लिङ सडक खण्डको धेरै ठाउँमा पहिरो जाँदा धेरै यात्रुहरूले समस्या भोग्नु परेको थियो। असार २८ गते शुक्रबार  नारायणघाट-मुग्लिङ सडक खण्डको सिमलतालमा रातिको ३:३० बजे गएको पहिरोमा परी दुई यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खस्दा कम्तीमा ६० जना बेपत्ता भएका थिए। त्यस कहालीलाग्दो घटनाको वार्षिकी हुँदै गर्दा मेरो ध्यान त्यस काहाली लाग्दो घटनाले आकर्षण गर्‍यो।

पहिरो एक पृथ्वीको सतहमा हुने भौगर्भिक प्राकृतिक घटना हो। यसमा पृथ्वीमा विध्यमान चुम्बकीय शक्तिको कारण धरातलीय ढलानबाट पृथ्वीको सतहमा रहेका पदार्थहरू माथिबाट तलतिर सर्दछन्। यसले गर्दा वर्तमानमा रहिआएको धरातलीय सन्तुलनमा परिवर्तन हुन्छ। उक्त धरातलमा आएको अकस्मातको परिवर्तनलाई स्थानीय बासिन्दाले सहजै व्यवस्थापन गर्न सक्छन् भने त्यो पहिरो एक भौगोलिक घटनाको रूपमा मात्र व्याख्या गरिन्छ। तर त्यो पहिरोको व्यवस्थापन गर्न बाहिरी सहयोगको आवश्यकता पर्छ भने त्यो पहिरोलाई पहिरो प्रकोपको रूपमा व्याख्या गरिन्छ। यसरी नेपालमा पहिरो प्रकोपका घटना प्रसस्तै हुने गरेका छन्, जसलाई मनसुनको समयमा हुने वर्षाको ढाँचाले प्रमुख भूमिका खेल्दछ।

यस वर्ष २०८२ मा नेपालमा वर्षातको सुरूवात औसत आगमन समयअगावै आउन सक्ने र यस वर्ष वार्षिक औसत वर्षाभन्दा बढी वर्षा हुने प्रक्षेपण पनि नेपाल र भारतका मौसम विज्ञान विभागहरूले गरेका छन्।

नेपालको धरातलीय स्वरुप र पहिरोका कारणहरू

नेपाल सक्रिय टेक्टोनिक गतिविधिको क्षेत्रमा परेको कारण बारम्बारको भूकम्पको धक्काबाट जमिनको सतहको चट्टानहरू खुकुलो हुँदै जाने र विशेष गरी मनसुनको समयमा ती खुकुलो भएका सतहका पदार्थहरू सहजै बगेर जान सक्ने हुनाले नेपालमा पहिरो जाने सम्भावना बढी हुन्छ। यसले गर्दा मनसुनको समयमा नेपालमा प्रशस्त मात्रामा हुने पहिरोका घटनाबाट उल्लेखनीय रूपमा मानव ज्यान र मानव निर्मित पूर्वाधारमा क्षति पुर्‍याउने गर्दछ।

वर्तमानमा भइरहेको बढ्दो बायुमण्डलीय तापक्रमको कारण हिमाली क्षेत्रको हिउँ पग्लने क्रम पनि तीब्र छ। पानी जमेर कडा बरफ़ बन्दा १० प्रतिशतसम्म यसको आयतन बढ्न जान्छ र पग्लदा १० प्रतिशतसम्म आयतन घट्दछ। यसैकारण हिमालय क्षेत्रमा बाराम्बारका हिउँ जम्ने र पग्लिने क्रमको तीब्रताले सतहको चट्टानहरूलाई खुकुलो बनाउन मद्दत पुर्‍याउँछ र वर्षा नहुँदा पनि सुख्खा पहिरोका घटनाहरू हुने गर्दछन्। त्यसैले, मनसुनको समयमा थोरै वर्षा हुँदा पनि धेरै पहिरोका घटनाहरू हुने गरेका छन्।

हिमाली भागभन्दा तलतिर रहेको पहाडी भागमा बढ्दै गएको भूमि उपयोगको चापले गर्दा अव्यवस्थित भू-उपयोगका अभ्यासहरू हुने गरेका छन्। वन सम्पदामा बढ्दो चाप, बढी ढलानका क्षेत्रहरूमा पनि मानवीय क्रियाकलाप, नदी किनारी क्षेत्रहरूमा थप मानविय क्रियाकलापले गर्दा अतिरिक्त पहिरोका घटनाहरू हुने गरेका छन्।

२०५१ सालमा नेपालमा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने नारा आयो। त्यसपछि मात्र स्थानीय तहमा व्यापक रुपमा बाटो खन्ने काममा तीब्रता आएको हो। स्थानीय तहमा रहेको न्यून प्राविधिक क्षमता, स्थानीय बासिन्दाहरूको स्वार्थ र जनप्रतिनिधिको दूरदर्शीताको कमीको कारण जथाभावी बाटो खन्ने काम आज पनि कायम छ। खुकुलो र भिरालो धरातलमा जथाभावी बाटो खन्ने कामका कारणले पनि नेपालमा पहिरोको जोखिमलाई बढाएको छ।

नेपालमा पहिरोबाट भएका क्षतिहरू

नेपालको भूगोल, हावापानी र कमजोर किसिमले निर्माण गरिएका पूर्वाधारहरूका कारण तथा पहिरो प्रवण क्षेत्रमा पनि मानवीय संरचना बनाउने परिपाटीका कारण नेपालमा अन्य देशहरूको तुलनामा धेरै पहिरोका घटनाबाट आर्थिक तथा मानवीय क्षति हुने गरेको छ। हिमाली र पहाडी भेगमा मनसुनको समयमा भारी वर्षा हुने हुनाले पहिरोको जोखिम बढी हुने गरेको छ।

पहिरोका कारण नेपालमा वर्षेनी धेरै मानिस हरुको ज्यान जाने गरेको छ। गएको वर्ष २०२४ को सेप्टेम्बर महिनामा मात्र २२४ जनाको ज्यान गएको थियो भने १२०० घरहरू नष्ट भएका थिए।

यस लेख तयार पार्ने क्रममा तथ्याङ्कको लागि संयुक्त राष्ट्र संघको प्रकोप सम्बन्धी तथ्याङ्क संकलन र भण्डारण गर्ने निकाय ‘डेसिनभेन्टर’ र नेपाल सरकारको विपद् जोखिम न्यूनीकरण पोर्टलका तथ्याङ्कलाई आधार बनाइएको छ। विगत ४८ वर्ष (सन् १९७१ देखि सन् २०१९ सम्म) अवधीको पहिरो प्रकोपको छोटो विवेचना गरिएको छ।

उत्तरपट्टी रहेको नेपालको मध्य भागमा पर्ने हिमालय क्षेत्र र पूर्वी भागको हिमाली क्षेत्रहरूमा बढी मात्रामा पहिरोका घटनाहरू रेकर्ड भएको देखिन्छ। यी क्षेत्रहरू पश्चिमी हिमाली क्षेत्रहरू भन्दा बढी मानव बसोबास भएका क्षेत्रहरू हुन। पश्चिमी हिमाली क्षेत्र हरुमा तुलनात्मक रुपमा कम पहिरोका घटनाहरू देखिन्छन्। मध्य पहाडी क्षेत्रमा अत्यधिक पहिरोका घटनाहरू रेकर्ड भएका छन्।

नेपालको हिमाली र पहाडी क्षेत्र पहिरो प्रकोपको पर्यायवाचीजस्तै बनेका छन्। प्रत्येक वर्ष ती क्षेत्रहरूमा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ। यसरी विगत ४८ वर्षको अवधिमा जम्मा ४५१९ पहिरोका घटना रेकर्ड भएका छन्। ती घटनाहरू मध्य पहाडी भागका जिल्लाहरूमा  अत्यधिक छन्। मध्य पहाडी भागमा पर्ने धादिङ जिल्लामा सबैभन्दा बढी (१८९ घटना) पहिरो प्रकोपको घटना रेकर्ड गरिएका छन्। त्यसपछि क्रमश: सिन्धुपाल्चोक (१५६ घटना), मकवानपुर (१४३ घटना), काभ्रेपलान्चोक (१४२ घटना) र बागलुङ (१३८ घटना) रहेका छन्। पहिरो प्रकोपको कारण सोही अवधिमा जम्मा ३८२९ जनाको ज्यान गुमेको रेकर्ड छ। बढी मानव क्षति हुने जिल्लाहरू क्रमश: मकवानपुर (२९५ जना), सिन्धुपाल्चोक (२७१ जना), धादिङ (२०१ जना), कास्की (१८९ जना) र ताप्लेजुङ (१८६ जना) रहेका छन्।

सिन्धुपाल्चोक जिल्लाको जुरे गाउँमा सन् २०१४ अगस्ट २ मा गएको  पहिरोलाई आजसम्मको सबै भन्दा ठूलो पहिरो मानिएको छ। त्यस पहिरोबाट सुनकोशी नदी अवरूद्ध भई कृत्रिम ताल समेत बनेको थियो। यस पहिरोमा परी १५६ जनाको ज्यान गएको थियो।

नेपालमा पहिरोको प्रकोप न्यूनीकरणका उपायहरू

पहिरोबाट सिर्जित प्रकोपहरूबाट हुने क्षति न्यूनीकरण गर्न दुई किसिमले सकिन्छ। (१) पहिरोका संख्या घटाउने कार्य र (२) पहिरो प्रवण क्षेत्रमा रहेका संरचनाहरूलाई स्थान्तरण गर्ने।

१. (क) पहिरोका संख्या कम गर्न जमिनको सतहको ढलानको ज्यामिती परिमार्जन गर्ने अर्थात् विद्यमानमा रहेको जमिनको भिरालोपनको मात्रालाई कम भिरालो बनाउने

(ख) ती नयाँ निर्मित सतहमा दुबोजस्ता माटोलाई बिरुवाको जराले बेस्सरी समात्ने खालका झारहरू लगाउने

(ग) चट्टानका जोर्नीहरू र दरारहरू ग्राउट गर्ने अर्थात चट्टानको छिद्रहरूमा विशेष रूपमा तयार पारिएको सिमेन्टमा आधारित मिश्रणहरू जमिनमा इन्जेक्सन गर्ने

(घ) जमिनको सतह र सतहमुनिको पानीको निकासलाई मार्गबद्ध गर्ने

(ङ) रिटेनिङ भित्ताहरूको निर्माण गर्ने

(च) वैज्ञानिक अनुसन्धान बिना जताभावी भिरालो जमिनमा संरचनाहरू जस्तै: घर, गोठ, बाटो, नहर तथा कुलो निर्माणमा रोक लगाउने।

२. यसअगाडि नै बनिसकेका संरचनाका हकमा भने कसरी पहिरोको प्रकोपबाट क्षति कम गर्ने भन्ने आफ्नो निजी विचार यस प्रकार छ।

यस लेख लेख्ने क्रममा सेटलाइटबाट प्राप्त हुन सक्ने सूचनाको आधारमा सानो शोध कार्य गरिएको छ। यो शोध कार्य ८ वटा सूचकहरू (भूमि उपयोग, माटोको प्रकार, जमिनको ढलान, भूविज्ञान, सतहको नरमपन सूचकांक, वर्षा, नदीको घनत्व र नदी दुरी) को प्रयोग गरेर गरिएको हो। यसका लागि अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको सफ्टवेयर (जिआइएस) प्रयोग गरेर गरिएको छ।

चितवन जिल्लामा पर्ने ऋद्धि खोला (काली खोला) को जलाधार क्षेत्रभित्र पर्ने १४० वर्ग किलोमिटरको क्षेत्रभित्र जम्मा ०.५७  वर्ग किलोमिटर भूमि पहिरोको हिसाबले अति उच्च जोखिममा रहेको पाइयो। ६.५४ वर्ग किलोमिटर मध्यम जोखिम र ६.३८ वर्ग किलोमिटर कम जोखिममा रहेको पाइयो।

यसै क्षेत्र अन्तर्गत पर्ने नारायणघाट-मुग्लिन राजमार्गमा १८ वटा अति जोखिमका क्षेत्र पहिचान भएका छन्। ती ठाउँ नारायणघाटको पुल्चोकबाट क्रमश: १२.८, १८.६, १८.८, १९.०, १९.४, २०.६, २१.७, २२.२, २५.१, २७.३, २९.५, ३३.२, ३४.२, ३४.७, ३५.५, ३६.०, ३६.२ र ३६.८ किलोमिटरको दुरीमा रहेका छन्। यस जलाधार क्षेत्रभित्र २२४ वटा मानव संरचना (घर, गोठ, झुप्रा) पहिरोको सम्भावना क्षेत्रमा रहेको पाइयो।

यसरी पहिरो पहिचान भइसकेका क्षेत्रहरूमा राजमार्गको हकमा पहिरो जोखिममा रहेका स्थानका बीच-बिचमा एक्साभेटरको तैनाथी गरी आवश्यक पर्दाको बखतमा प्रयोग गरी छिटो छरितो किसिमले पहिरो पन्छाउने र सवारी साधनको सहज आवागमन गराउने गर्न सकिन्छ।

इच्छाकामना पालिकाका वडा नम्बर ५ र ६ , भरतपुर भरतपुर महानगरपालिकाका वडा नम्बर २९ का पहिरो प्रवर्ण क्षेत्रमा परेका जम्मा २२४ मानव निर्मित संरचना (घर, गोठ र झुप्रा )हरूको हकमा सम्बन्धित पालिकाहरूले पहिरो प्रवण क्षेत्रका संरचनाहरूलाई सुरक्षित स्थानमा स्थनान्तरण गर्न, बिज पुँजीको व्यवस्था गरी सम्बन्धित घरहरूलाई सुरक्षित स्थानमा स्थनान्तरण गर्न, सार्वजनिक निजी साझेदारीको धारणा बमोजिम लागत साझेदारी गरी सहज र कम खर्चमा गर्न सकिने कुरा राख्न चाहन्छु।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन
सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

ताजा

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.