एनआईसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच छुट सम्झौता
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा विशेष सुविधा प्रदान गर्न नगरकोट सामुदायिक होमस्टेसँग सहकार्य गरेको छ । समझौताका अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा सेवा लिँदा मोबाइल बैंकिङ ‘मोबाइल बैंकिङ एप’ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
नगरकोट, चाँगुनारायण नगरपालिका–६, भक्तपुरमा अवस्थित उक्त सामुदायिक होमस्टे १७ घरपरिवारद्वारा सञ्चालित छ। यसले स्थानीय संस्कृति, जीवनशैली र प्राकृतिक सौन्दर्य अनुभव गराउन चाहने पर्यटकहरूका लागि आकर्षक गन्तव्यको रूपमा विकास भइरहेको छ।
एनआईसी एसिया बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङको प्रवर्द्धन गर्दै वित्तीय समावेशीकरण र ग्रामीण अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्य राखेको छ। यस किसिमको सहकार्यबाट ग्राहकहरूले सजिलो, सुरक्षित र छिटो डिजिटल भुक्तानी सेवा प्राप्त गर्नुका साथै स्थानीय पर्यटन क्षेत्रलाई पनि प्रत्यक्ष टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकका अनुसार यस्तो सहकार्यले ग्रामीण पर्यटन प्रवर्द्धन, डिजिटल सशक्तिकरण तथा ग्राहक सन्तुष्टिमा थप टेवा पुर्याउनेछ। ग्राहकहरूले अब परम्परागत नगद भुक्तानीको सट्टा मोबाइलमार्फत सुरक्षित ढंगले सेवा लिइरहन सक्नेछन्।
ग्रामीण पर्यटन र डिजिटल सेवाको समायोजनमार्फत सामुदायिक स्तरमै आर्थिक चलायमानता र दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले गरिएको यो सहकार्यले नेपालमा सामुदायिक होमस्टेहरूप्रति नयाँ भरोसा जगाउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
३३.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ
बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तीनमहिने निक्षेप संकलनको बोलकबोल
२२.६७ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, ६ अर्ब २२ करोड कमाइ
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

