काठमाडौं । काठमाडौं महानगरपालिका, वाड नं १०, बानेश्वर स्थित फ्रन्टलाईन अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक र कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन र ग्राहकहरुले फ्रन्टलाईन अस्पतालका सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।
सेवासुविधा फ्रन्टलाईन अस्पतालमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा फ्रन्टलाईन अस्पतालका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षरबीच सम्पन्न भएको हो।