• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ असार २०८३, सोमबार
०८ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
  • १२ घण्टा 

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
  • १२ घण्टा 

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
  • १३ घण्टा 

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • १५ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • १६ घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • १७ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • २. २०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • ४. अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन

  • ५. धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

  • ६. आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

  • ७. २०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

  • ९. आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

  • १०. साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को भव्य उद्घाटन

जानकारी केन्द्र २०८२, श्रावण, २३

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन मंगलबार नेपाल प्रहरी क्लबको सगरमाथा हल, भृकुटीमण्डपमा सम्पन्न भएको छ।

उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पानसमा बत्ति बालेर कार्यक्रमको औपचारीक उद्घाटन गरे । उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरुको उपस्थितीमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो ।

उद्घाटन समारोहका प्रमूख अतिथि उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफूले छोटो भ्रमण गरि हेर्दा एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको बताए । स्थापनाको केहि महिनामै यति ठूलो प्रदर्शनी गर्न सक्नुले नाइमाको क्षमता र कार्यकुशलता भल्काउँछ भन्दै उनले प्रदर्शनीको शुभकामना व्यक्त गरे ।

नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै मन्त्री पौडेलले सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने -“गुणस्तरीय सडक पुर्वाधार विना यो अटो मोबाइल क्षेत्रमा जस्तो सुकै प्रदर्शनी गरेपनि त्यसको सहि सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पुर्वाधारलाई महत्व दिएको छ ।”

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्वमाथि प्रकाश पारे ।

अध्यक्ष वैद्यले भनिन् “हामी नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोेटिभ प्रदर्शनीको उद्घाटन गर्न भेला भएका छौं र यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौं ।” मन्तव्यको क्रममा उनले थपिन् , “मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पु¥याउँछ। हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ।”

त्यस्तै एक्स्पो समितिका अध्यक्ष मुरारकाले भने, हामीले सुरु गरेको एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रदर्शनी यो सफा, स्मार्ट र समावेशी यातायात प्रणाली तर्फको सामुहिक प्रतिवद्घताको सुरुवात हो । यो कार्यक्रम नेपालको मोविलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान हो । मंगलबाबाट सुरु भएको ५ दिने एक्स्पो सफल बनाउन हामी तपाईहरुको निरन्तर साथ, सहयोग, र सहकार्यको अपेक्षा गर्दछौँ ।”

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ । पहिलो दिनै १५,००० अवलोकनकर्ताहरुको उत्साहजनक उपस्थिती रहेको प्रदर्शनी बिहान ११ बजे देखि बेलुका ८ बजे सम्म खुल्ला रहने बताइएको छ ।

  • NAIMA
  • NAIMA NEPAL MOBILITY EXPO '2025
  • नाइमा
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने
अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

ताजा

२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.