प्रिमियम इलेक्ट्रिक एसयूभी जेइको जे५ मा ४ लाख छुट, अन्य मोडलमा कति ?
काठमाडौं । चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडारजेकोले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी जे–फाइभ सार्वजनिक गरेको छ। नेपालका लागि ओमोडारजेकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइल्सले काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोको अवसरमा उक्त गाडी सार्वजनिक गर्दै बिक्री प्रक्रिया सुरु गरेको छ।
कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे५ ले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीको लाइनअप ल्याएको बताएको छ।
शहरी सडकदेखि अफरोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गरेको छ। रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता बेस्ट–इन–क्लास विशेषताहरूले यसलाई नेपाली उपभोक्ताहरूको लागि एक विशेष विकल्प बनाएको कम्पनीको दावी छ ।
सुरुआतमा कम्पनीले यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ, जुन नाइमा मोबिलिटी एक्स्पो अवधिभर मात्र लागू हुनेछ। एक्स्पोपछि भने यो गाडीको मूल्य ६० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। नेपाली बजारमा विद्युतीय सवारी साधनप्रति चासो बढ्दै गइरहेका बेला कम्पनीले नयाँ डिजाइन, प्रविधि र परफरमेन्समा आधारित एसयूभी ल्याएको जनाएको छ। ओमोडा र जेइकोका अन्य मोडलमा समेत कम्पनीले विशेष मूल्य उपलब्ध गराएको बताएको छ ।
पहिले ६१ लाख ९९ हजारमा उपलब्ध ओमोडा ई५ नाइमा विशेष मूल्यको रुपमा ५४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ । त्यसैगरी जेइको जे६ पहिले ६९ लाख ९९ हजारमा उपलब्ध भएकोमा नाइमा विशेष मूल्यको रुपमा ६५ लाख ९९ हजारमै उपलब्ध हुनेछ ।
जेको जे–फाइभमा ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा करिब ४६१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यसमा १५५ किलोवाट पिक पावर दिने मोटर राखिएको छ, जसले शहरी तथा राजमार्ग दुबै खालका यात्रामा शक्तिशाली प्रदर्शन दिन्छ। स्मार्ट डिजाइनमा तयार पारिएको यो एसयूभीको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम रहेको छ। यसमा २६२० एमएमको ह्वीलवेस र १८५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ।
नाइमा मोबिलिटी एक्सपो २०२५ मा ओमोडा वा जेइकोका कुनै पनि मोडल बुक गर्ने सबै ग्राहकले विशेष अफर र छुटहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

