नाडा अटो शो २०२५ : फोटोन र सोकोन ईभीका यस्ता छन् आकर्षक अफरहरू
काठमाडौं । यसपालिको नाडा अटो शो २०२५ को अवसरमा फोटोन टुनल्यान्ड पिकअप, माउन्टेन ईभी भ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूमा विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू उपलब्ध हुने भएका छन् । नेपालका लागि यी विभिन्न ब्रान्डको आधिकारिक वितरक एमएडब्लु ग्रुपले सो अफर उपलब्ध हुने घोषणा गरेको छ ।
यी फोटोन मोडलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने कम्पनीको दाबी रहेको छ ।
चारै मोडलहरूमा आकर्षक छुट दिइएको छ, जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनीमै सार्वजनिक हुनेछन्। टीएम१ को मूल्य ३३ लाख ७४ हजार बाट घटाएर २६ लाख ९९ हजार गरिएको छ। त्यस्तै, माउन्टेन ईभी र सोकोन ईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन्।
फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा अटो शो अगाडि वा रोमान्चकता बढाउनका लागि स्टलमा गर्ने बताइएको छ ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीका साथ प्राप्त हुनेछ। साथै, खरिद प्रक्रियालाई सरल बनाउन तीनै मोडलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसलेगर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडी लिन सक्ने छन्।
यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोन टुनल्यान्ड पिकअप किन्नेलाई ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँको सपिङ कुपन, साथै ३ वर्ष सम्म पाट्र्स सहितको प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (पीएमएस) सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ। माउन्टेन ईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पाट्र्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ। सोकोन ईभीभ्यानले पनि हरेक खरिदमा आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्ने जनाइएको छ।
यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन्।
नाडा अटो शो २०२५ मा गएर फोटोनको स्टल ए७ मा टुनल्यान्ड पिकअप, स्टल जे४ मा फोटोन माउन्टेन ईभी र टीएम१ एवम् स्टल जे६ मा गएर सोकोन ईभी भ्यानको अवलोकन गर्न सकिने छ ।
सम्बन्धित समाचार
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


