• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १६ घण्टा 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १७ घण्टा 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १९ घण्टा 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २३ घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • २३ घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • १ दिन 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • १ दिन 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • २. २०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. तीन मोटरसाइकलसहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

  • ४. अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

  • ५. सुनको मूल्य प्रतितोला नौं सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ६. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

  • ८. माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

  • ९. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • १०. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो पोखरामा सार्वजनिक

यही शुक्रबार देखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

जानकारी केन्द्र २०८२, भाद्र, ११

काठमाडौँ । मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा. लि.को सयुक्त आयोजनामा यही भाद्र १३, १४ र १५ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुन गइरहेको बताइएको छ ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भुमिकामा नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ रहेका छन् । उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने जनाइएको छ । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस्, हाउस वायरिङ्गका सामाग्री, तार, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ्ग स्टेशन, ब्याट्री, कार्यालयमा प्रयोग हुने विद्युतीय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहने बताइएको छ ।

आयोजकका अनुसार, विभिन्न विद्युतीय माध्यमहरुको प्रयोगमा वृद्धि गरि मुलुकमा बढ्दो जल विद्युतको उत्पादनको खपतमा वृद्धि गर्दै देशलाई आर्थिक रुपमा सबलिकरण गर्ने एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुँदैछ ।

विद्युतीय उपकरणहरुलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको जनाइएको छ ।

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तराष्ट्रिय प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकहरुले विभिन्न कम्पनीका विद्युतीय सामाग्रीहरु एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउने सबैजनाले लाभ उठाउन सक्ने दाबि गरिएको छ ।

नेपालीहरुको महान पर्व बडा दशैंको केहि हप्ता अगाडी आयोजना हुन लागेको यस प्रदर्शनीमा ग्राहकहरुले सहज तथा सुलभरुपमा विभिन्न नयाँ विद्युतीय सामानहरु खरिद गर्न सक्ने जनाइएको छ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवद्र्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे संदेश फैलाउन सहयोग पुर्याउने लक्ष्य रहेको आयोजकले बताएको छ ।

नेपाल इलेक्ट्रिक, पावर, लाइटस् तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस प्रदर्शनीले आधारभूत रूपमा नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी रुपमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने   पनि आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

ताजा

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.