६५० किलोमिटर सम्मको रेन्ज भएको जीएसी आयोन आई ६० चीनमा सार्वजनिक
काठमाडौं । जीएसी आयोनले चीनमा नयाँ आयोन आई ६० सार्वजनिक गर्दै आफ्नो ग्लोबल लाइनअपलाई थप विस्तार गरेको बताइएको छ। कम्पनीका अनुसार, यो मोडेलले नेपाल जस्ता हाल आयोन भि र आयोन वाई इलेक्ट्रिक एसयूभि उपलब्ध भएका बजारहरुमा ब्रान्डको उपस्थितिलाई अझै बलियो बनाउन सक्छ।
आयोन आई ६० लाई पाँच सिट भएको कम्प्याक्ट एसयूभिको रूपमा प्रस्तुत गरिएको छ, र यो प्योर-इलेक्ट्रिक तथा रेंज-एक्सटेन्डेड (EREV) दुवै भर्सनमा उपलब्ध रहेको जनाइएको छ । यो मोडेलले लामो रेन्ज र दक्षतालाई प्राथमिकता दिने ग्राहकहरूलाई लक्षित गर्ने कम्पनीले जनाएको छ।
प्योर-इलेक्ट्रिक भर्सनले ७५ किलोवाट आवर ब्याट्री प्रयोग गर्नुका साथै जसले अधिकतम ६५० किलोमिटर CLTC रेन्ज प्रदान गर्छ। साथै, ३०% बाट ८०% सम्म फास्ट चार्ज गर्न करिब १५ मिनेट लाग्छ।
कम्पनीका अनुसार, लामो दूरीको यात्रा गर्ने चालकहरूका लागि, EREV भर्सनमा १.५ लिटर इन्जिन (७४ किलोवाट आवर) र १८० किलोवाट इलेक्ट्रिक मोटरको संयोजन छ, जसले २१० किलोमिटर्को प्योर EV रेन्ज र १,२४० किलोमिटरको संयुक्त कुल रेन्ज दिन्छ।
डिजाइनतर्फ हेर्दा, आयोन आई ६० मा स्लिम एलईडी हेडलाइट, सफा फ्रन्ट फेसिया र ऐओन वर्डमार्कसहित आकर्षक लुक दिइएको जनाइएको छ। ४६८५ मिलिमिटर लम्बाई, १८५४ मिलिमिटर चौडाई र १६६० मिलिमिटर उचाई रहेकाले यसको रोड–प्रेजेन्स मजबुत देखिनुका साथै सेमी-हिडन डोर ह्यान्डल तथा १८ वा १९ इन्चका ह्विल विकल्पले आधुनिकता थप्ने बताइएको छ।
पछाडितर्फ, फुल-विथ एलईडी लाइट बार र इल्युमिनेटेड लोगो मुख्य आकर्षण हुन्। वाइड-ओपनिङ ढोका र इलेक्ट्रिक टेलगेटले दैनिक प्रयोगमा सहजता ल्याउँछन्। भित्री क्याबिनमा Aion को परिचित इन्टेरिअर डिजाइन अझ सफा र आधुनिक रूपमा प्रस्तुत गरिएको बताइएको छ।
यस मोडेलमा जीएसीको GSD Intelligent Driving Suite पनि छ, जसले High-speed Navigation Driving Assist (NDA), स्वचालित पार्किङ (HPA) र लेन-चेन्ज सपोर्ट जस्ता प्रिमियम स्तरका फीचरहरू उपलब्ध रहेको जनाइएको छ ।
आयोन भि र आयोन वाई मार्फत नेपालमा जीएसी आयोन को उपस्थिति विस्तार हुँदै गएको बताइएको छ। कम्पनीका अनुसार, यदि ब्रान्डले नेपालमा आफ्नो लाइनअप थप विस्तार गर्ने निर्णय गर्यो भने, आयोन आई ६० ले मध्यम-आकारको इलेक्ट्रिक एसयूभि सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा आफ्नो स्थान बनाउन सक्छ।
सम्बन्धित समाचार
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
लिपमोटर सी १० अब विशेष मूल्यमा, सांग्रिला मोटर्सले तोक्यो रु. ७५.९९ लाख
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

