दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ
काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिंग प्राप्त गरेको बताइएको छ । कम्पनीका अनुसार, यो उपलब्धीले विश्वस्तरीय सुरक्षा, इन्जिनियरिंग उत्कृष्टता र स्मार्ट मोबिलिटीप्रति दिपलको प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ ।
स्वतन्त्र परिक्षण नतिजाअनुसार दिपल एस०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रर्दशन गरेको छ । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशिल सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको कम्पनीले जनाएको छ । यी नतिजाले दिपल एस०५ लाई नविनतम र कडा युरो एनक्याप मापदण्डअन्तर्गतको परीक्षण उत्कृष्ट एसयुभीका रुपमा आफूलाई उभ्याएको बताइएको छ ।
कम्पनीका अनुसार, युरो एनक्याप रेटिंगले दिपल एस०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको छ । नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो । नाडा अटो सो २०२५ मा सो स्टपरका रुपमा यसले ग्राहकहरुको विशेष ध्यान आकर्षित गरेको थियो ।
यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किंग, एआर एचयुडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विन को पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर छन् । यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको इभी ब्याट्री हो जसले ५००० हजारभन्दा बढी चार्जिंग साइकल प्रदान गर्छ ।
५ स्टार युरो एनक्याप रेटिंगले विश्वस्तरीय परीक्षण पार गरेर, प्रविधिमैत्री तथा प्रिमियम इलेक्ट्रिक सवारीसाधन प्रदान गर्ने दिपलको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

