यामाहा नेपालद्वारा बुटवलमा नयाँ ‘ब्लु स्क्वायर’ शोरूमको उद्घाटन
काठमाडौं । यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लु स्क्वायर शोरूमको भव्य शुभारम्भ गरेको छ, जसको सञ्चालन बाइकर्ज बुटवल प्रा.लि.ले गर्नेछ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन हो, जसले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउनुका साथै ग्राहक अनुभवलाई पनि उच्च बनाउने कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथि हिरोशी सेतोगवा सान (निर्देशक, यामाहा मोटर इन्डिया सेल्स प्रा.लि.), विशेष अतिथि विष्णु कुमार अग्रवाल (प्रबन्ध निर्देशक, एमएडब्लु ग्रुप अफ कम्पनीज), वाई.एम.आइ.एस अतिथि राजदीप सिंह ग्रेवाल सान (जिएम – एक्सपोर्ट मार्केटिङ, यामाहा मोटर इन्डिया सेल्स प्रा.लि.), र दीपक कुमार अग्रवाल (कार्यकारी निर्देशक एवम् सिइओ, एमएडब्लु राइड्स प्रा.लि.) सँगै प्रतिष्ठित बैंकर, कर्पोरेट क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
नयाँ ब्लु स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएको हो | यसमा ब्रान्डको सम्पूर्ण थ्री एस पूर्वाधार; सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा रहेको छ, जसले ग्राहकहरूलाई एकै छानामुनि सम्पूर्ण सेवा अनुभव सुनिश्चित गर्छ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण र जेनुइन स्पेयर पार्ट्सको लागि डेडीकेटेड स्पेसले सुसज्जित यस शोरूमले उत्कृष्ट सेवा र आफ्टर सेल्स सर्भिस प्रदान गर्दछ । “ब्लु” ले यामाहाको प्रतिष्ठित ब्रान्ड कलरलाई प्रतिनिधित्व गर्छ, अनि “स्क्वायर” ले “वान-स्टप खरिद केन्द्र” लाई जनाउँछ | ब्लु स्क्वायरमा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज, राइडिङ गियरहरू एकै ठाउँमा खरिद गर्न सक्छन् । यो आकर्षक वातावरणले ग्राहकहरुलाई प्रिमियम रिटेलको अनुभवका साथै यामाहाको स्टाइल, प्रगतिशील प्रविधि र राइडरको अत्यधिक सन्तुष्टिप्रतिको समर्पणलाई पनि झल्काउने कम्पनीले बताएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै, एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल ज्यु ले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै यामाहाको ब्रान्ड पहिचानको लागि ब्लु स्क्वायरको सिद्धान्त र महत्वमाथि प्रकाश गर्दै भने , “ब्लुले सधैँ यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ DNA को भावनालाई प्रतिनिधित्व गर्दै आएको छ। ब्लु स्क्वायर शोरूम, यस सिद्धान्तलाई वास्तविक बनाउन डिजाइन गरिएको हो। यहाँका तालिमप्राप्त कर्मचारी र प्राविधिकहरूले विश्वस्तरको सेवा दिन्छन् । बिक्रि र सेवा मात्र होइन, ब्लु स्क्वायरले राम्रो आतिथ्य र यामाहाले परिकल्पना गरेको जीवनशैली पनि देखाउन्छ । यसले हाम्रो बाइक, स्कूटर र यामाहा मर्चेन्डाइज मात्र होइन, प्रत्येक यामाहा राइडरको सोच, चाहना र उत्साहलाई झल्कउन्छ ।”
यामाहा मोटर इन्डिया सेल्स प्रा.लि.का निर्देशक हिरोशी सेतोगवाले बाइकर्ज बुटवल टिमलाई सफल शुभारम्भको लागि बधाई दिँदै ग्राहक सन्तुष्टिप्रति यामाहाको अटल प्रतिबद्धतामाथि जोड दिए । उनले भने, – “यामाहामा ग्राहक सन्तुष्टि सधै हाम्रो पहिलो प्राथमिकता हो | हामी विश्वस्थ छौ कि बाइकर्ज बुटवलले यस क्षेत्रमा यामाहा ग्राहकहरूलाई उत्कृष्ट सेवा र प्रिमियम अनुभवहरू प्रदान गर्न नयाँ स्थर कायम गर्नेछ । हामीलाई विश्वास छ यो ब्लु स्क्वायर शोरूमले यामाहाको विश्वस्थरिय मापदण्डलाई कायम राख्नेछ र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न यामाहा र एमएडब्लु दुवैले पूर्ण सहयोग जारी राख्नेछन् ।”
उपस्थित बिशिष्ठ अतिथिहरुले पनि ग्राहक सन्तुष्टि बढाउन, ब्रान्ड पहिचानलाई बलियो बनाउन, र नेपालमा विश्वस्तरको सेवा प्रदान गर्न यामाहाले निरन्तर गर्दै आएका प्रयासहरूको कदर गरे । ब्लु स्क्वायरको अवधारणा एउटा रिटेल स्पेस मात्र होइन – यसले यामाहाको जीवनशैलीलाई झल्काउँछ, जुन पर्फर्मेन्स, स्टाइल र विश्वास खोज्ने आधुनिक राइडरहरूको आकांक्षासँग मेल खान्छ ।
एमएडब्लु राइड्स प्रा.लि. अन्तर्गतको यामाहा नेपाल देशभर नवप्रर्वधन, प्रिमियम अनुभव र भरपर्दो सेवाको विश्वस्तरिय मापदण्डलाई निरन्तर अघि बढाउन प्रतिबद्ध रहेको बताइएको छ । बुटवल ब्लु स्क्वायर शोरूमको उद्घाटन नेपालमा मोविलिटी र राइडिङको रोमाञ्चलाई नयाँ तरिकाले परिभाषित गर्ने यामाहाको यात्रामा अर्को महत्वपूर्ण कदम बनेको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौं १७ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

