रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
काठमाडौँ । यामाहा नेपाल टाइटल स्पोन्सरका रूपमा प्रस्तुत नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५ को फाइनल राउण्ड २० डिसेम्बर २०२५ मा धुलिखेल रेस ट्र्याकमा सम्पन्न भएको छ। रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न यस फाइनल राउण्डसँगै रेसिङ सिजनको सुखद समापन भएको छ। प्रतियोगितामा देशका उत्कृष्ट मोटरसाइकल राइडर, रेसिङप्रेमी, मोटरस्पोर्ट समर्थक र उद्योग क्षेत्रका प्रतिनिधिहरूको ठूलो सहभागिता रहेको थियो।
नेपालमा मोटरस्पोर्टमा यामाहाको लामो समयदेखिको योगदान रहेको जनाइएको छ। कम्पनीले एनआरआरसी लगायतका राष्ट्रियस्तरका रेसिङ इभेन्ट, राइडर तालिम कार्यक्रम र वान–मेक रेसिङ फर्म्याटमार्फत व्यवसायिक रेसिङ संस्कृति प्रवर्द्धन गर्दै र स्थानीय राइडर प्रतिभाको पहिचानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ।
एनआरआरसी २०२५ मा नेशनल, नोभिस र वुमेन गरी तीन प्रतिस्पर्धात्मक श्रेणी समावेश थिए। सबै सहभागीहरूले यामाहा आर १५ मोटरसाइकल प्रयोग गरेका थिए, जसले निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै राइडरको कौशल प्रदर्शित गर्न सहयोग गरेको थियो। आर १५ मोटरसाइकल राष्ट्रिय र अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा प्रमाणित प्रदर्शन दिने मोडल रहेको जनाइएको छ।

नोभिस श्रेणीमा उदीयमान प्रतिभाहरूको प्रभावशाली उपस्थिति देखियो, अभि रिसालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिते । त्यसैगरी, वुमेन श्रेणीमा वर्षा बस्नेतले निर्णायक जित हात पार्दै मोटरस्पोर्टमा महिलाहरूको बढ्दो सहभागिता, आत्मविश्वास र दृढता प्रस्तुत गरे। यी दुवै श्रेणीले भविष्यका च्याम्पियनहरू उत्पादन गर्ने र समावेशी रेसिङ वातावरण प्रवर्द्धन गर्ने एनआरआरसी को भूमिकालाई स्पष्ट रूपमा देखाएको बताइएको छ।
एनआरआरसी २०२५ का विजेताहरूले आगामी अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पाउनेछन्, जसले उनीहरूलाई विश्वस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ।
यामाहाले नेपालमा व्यवसायिक रेसिङ इकोसिस्टम निर्माणमा केन्द्रीय भूमिका खेल्दै आएको जनाइएको छ। यस मार्फत सुरक्षित, प्रतिस्पर्धात्मक र सीप–केन्द्रित रेसिङ प्रवर्द्धन गर्दै स्थानीय राइडर प्रतिभाको विकास र देशभर मोटरस्पोर्टको स्तर उकास्न यामाहाको दीर्घकालीन प्रतिबद्धता निरन्तर जारी रहेको कम्पनीको दाबि छ। यसले नेपाली राइडरहरूले विकास, प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय सफलता हासिल गर्ने दिगो प्लेटफर्म निर्माण गर्न मद्दत गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

