काठमाडौं । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु बृद्धिले दाङमा अत्याधुनिक ‘स्टेट–अफ–दि–आर्ट’ शोरूम सञ्चालनमा ल्याएको छ । राप्ती अटोमार्ट प्रा. लि. सँगको साझेदारीमा सम्पन्न भएको यस उद्घाटन कार्यक्रम दाङ्ग तथा आसपासका क्षेत्रहरूमा उन्नत इलेक्ट्रिक मोबिलिटी विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदमका रूपमा स्थापित भएको बताइएको छ।
उद्घाटन कार्यक्रममा एफएनसिसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ प्रमुख अतिथि थिए भने डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन विशेष अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा एमएडब्लु बृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तलगायत उद्योग क्षेत्रका प्रतिनिधि, अटोमोबाइल पारखी र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
शोरूम उद्घाटनसँगै एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगोको औपचारिक अनावरण पनि गरेका छन्। डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगो आकर्षक म्याजिक क्युब डिजाइन, शक्तिशाली ९९ किलोवाट मोटर तथा ३५० किलोमिटरसम्मको डब्ल्यूएलटीपी रेन्ज प्रदान गर्ने ब्याट्री प्रणालीका कारण विशेष रूपमा आकर्षणको केन्द्र बनेको बताइएको छ।

यसका प्रमुख विशेषताहरूमा सेग्मेन्टमै पहिलो हेभेन एन्ड अर्थ टेलगेट, संगीतसँग तालमेल हुने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, र उच्च सुरक्षाका लागि लेभल–२ एडास प्रविधि समावेश छन्। साथै, यसमा १८ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने अल्ट्रा–फास्ट चार्जिङ सुविधा उपलब्ध छ ।
कम्पनीका अनुसार, यस ऐतिहासिक अवसरको उपलक्ष्यमा एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले दाङ्गमा “टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प” पनि सुरु गरेका छन्, जसअन्तर्गत स्थानीय ग्राहकहरूका लागि आकर्षक लाभहरूको व्यापक प्याकेज उपलब्ध गराइएको छ। क्याम्प अवधिभर ग्राहकहरूले नयाँ सार्वजनिक गरिएको नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्।
यससँगै ७ किलोवाट क्षमताको फास्ट चार्जर र ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर सहितको पूर्ण डुअल–चार्जिङ समाधान प्रदान गरिनेछ। थप रूपमा, ग्राहकहरूलाई निःशुल्क अटो प्लस बीमा पनि उपलब्ध गराइनेछ, जसले नयाँ सवारी साधनसँग पूर्ण मानसिक शान्ति सुनिश्चित गर्नेछ। प्रिमियम इलेक्ट्रिक एसयुभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस मोडेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।
दाङ्गमा सञ्चालनमा आएको यो नयाँ अत्याधुनिक शोरूमले डोङफेङ र सेरेसका लागि क्षेत्रीय प्रमुख केन्द्रका रूपमा बिक्री, सेवा तथा स्पेयर पार्ट्सको सम्पूर्ण सुविधा प्रदान गर्नेछ। सबै मोडेलमा पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन सुनिश्चित गरिनेछ भने नयाँ शोरूममा टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने कम्पनीले बताएको छ।




