Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, माघ, २
कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार हाल कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली देखिएको छ भने देशका बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल देखिन सक्नेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

विभागले हुस्सु–कुहिरोका कारण तराई क्षेत्रमा सवारी आवागमन तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Top Changing Nepal

युट्युब सट्स