२०८२ साल माघ ०७ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
मेष राशि
अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्राको सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।
वृष राशि
अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले पनि सताउन सक्छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला ।
मिथुन राशि
लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।
कर्कट राशि
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ ।
सिंह राशि
धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला । कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।
कन्या राशि
निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला ।
तुला राशि
कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ।
वृश्चिक राशि
गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
धनु राशि
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइलेखाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित हुने समय रहेको छ ।
मकर राशि
नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला ।
कुम्भ राशि
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।
मीन राशि
व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरणमा रमाउने दिन छ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ असोज २८ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २५ गते आइतबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
