• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ असार २०८३, सोमबार
२९ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • ६ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • ६ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • १३ घण्टा 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • १३ घण्टा 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • १३ घण्टा 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • १४ घण्टा 

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो
  • १५ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ३. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ४. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ५. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ६. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ८. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

जानकारी केन्द्र २०८३, असार, ३०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले कानुनमै व्यवस्था हुने गरी छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको छ।

महासंघले मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा सम्बोधन गरिएको सवारी दुर्घटना बीमा व्यवस्थालाई थप प्रभावकारी बनाउन कानुनी व्यवस्था आवश्यक रहेको जनाएको हो।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सदस्य संस्थाहरूले व्यवसायीबाट निश्चित शुल्क संकलन गरी सवारी दुर्घटनामा घाइते भएका तथा मृत्यु भएका व्यक्तिका परिवारलाई बीमा निर्देशिकामा उल्लेख गरिएको रकम अपुग हुने अवस्थामा थप राहत उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ।

महासंघका अनुसार सार्वजनिक यातायातका सवारी दुर्घटनामा घाइतेको उपचारका लागि अस्पतालमा लाखौं रुपैयाँ खर्च हुने गरेको छ, तर हालको बीमा व्यवस्थाअनुसार उपलब्ध हुने उपचार खर्च पर्याप्त नभएकाले व्यवसायीहरूले अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको अवस्था छ। दुर्घटनामा मृत्यु भएका घटनामा पनि बीमा रकमप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले क्षतिपूर्ति माग्ने, सवारी साधनमा आगजनी गर्ने तथा प्रहरी प्रशासनले समेत व्यवसायीलाई अतिरिक्त सहमतिमा पुग्न दबाब दिने अवस्था रहेको अध्यक्ष बानियाँको भनाइ छ।

ज्ञापनपत्रमा सार्वजनिक सवारी साधनले वैध बीमा पोलिसी खरिद गरेको अवस्थामा दुर्घटनापछि घाइतेको उपचार र पुनःस्थापनाको सम्पूर्ण जिम्मेवारी बीमा कम्पनीले नै लिनुपर्ने व्यवस्था गर्न माग गरिएको छ।

महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटमा दुर्घटनामा मृत्यु हुनेका लागि बीमा रकम १० लाख रुपैयाँ पुर्‍याइए पनि घाइतेको उपचार खर्च भने पुरानै ३ लाख रुपैयाँ कायम रहेकाले त्यसले उपचार, पुन:स्थापना र राहतका लागि पर्याप्त नहुने जनाएको छ।

यसै कारण राहतजन्य कार्य सञ्चालन गर्न ऐनमै छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न, त्यसको सञ्चालनका लागि घाइते राहत कोष निर्देशिका जारी गर्न तथा महासंघ र सम्बद्ध संस्थाहरूले सदस्य व्यवसायीबाट संकलन गर्ने रकममार्फत उक्त कोष सञ्चालन गर्न सकिने व्यवस्था संशोधित ऐनमा समावेश गर्न महासंघले सरकारसँग आग्रह गरेको छ।

  • ट्रक यातायात व्यवसायी महासंघ
  • ट्रक व्यवसायी महासंघ
  • नेपाल ट्रक यातायात व्यवसायी महासंघ
  • सवारी दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

ताजा

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.