‘भारतिय मिडिया घर जाउ’ ट्वीटरमा भाइरल
भारतीय टिभी च्यानलहरुले नेपालको महाभूकम्पबारे अतिरञ्जित समाचार प्रवाह गरेको विरोधमा सुरु भएको ट्वीटर हयासटयाग ‘गो होम इन्डियन मिडिया’ एकै छिनमा भाइरल बनेको छ ।
भूकम्पपीडितको उद्धारमा भारतीय मिडियाले व्यवधान खडा गरेको तथा घटनालाई बढाइचढाइ गर्ने नाममा मानवीय संवेदनालाई ख्याल नगरेको भन्दै आलोचना भएको हो ।
उद्धारका लागि भारतबाट आएको सेनाको हेलिकोप्टरमा पीडितले ‘भारतीय टिभी च्यानलकै कारण सिट नपाएको’ विषयमा समाचार प्रकाशित भएको थियो । आइतबार बिहान सुरु गरेको यो अभियानलाई भारतीय ट्वीटरका प्रयोगकर्ताहरुले समेत समर्थन जनाएका छन् ।
भारतीय मिडियाको आलोचना गर्नेमा नेपालीभन्दा भारतीय नै बढी भेटिएको आइतबारको ट्वीटर ट्रेन्डिङले देखाएको छ ।
‘उज्जवल ९९९’ नामक नेपाली ट्वीटर हय्यान्डलबाट ‘भारतीय सञ्चारकर्मी स्वदेश फर्काऊ’ भन्ने ट्वीट भएको थियो । जुन आइतबार हपरान्हसम्म ट्वीटरकै एक नम्बर ट्रेन्डिङमा पुग्यो ।
इमरान नामक भारतीय प्रयोगकर्ताले नै लेखेका छन्, ‘प्रिय नेपालीहरु । तिमीहरुले त एक सातायतामात्रै भारतीय मिडियालाई खपिरहेका छौ । हामी त पहिल्यैदेखि हरेक दिन झेल्न बानी परेका छौं ।’
आकाश टन्डन नामक अर्का भारतीय प्रयोगकर्ताले भारतीय टिभीको चल्तीको प्रश्न नक्कल गर्दै लेखेका छन्, ‘विश्व आज तिमीलाई गिज्याइहेको छ, भारतीय मिडिया । मेरो प्रश्न छ, ‘आपको कैसा लगरहा है रु’ ट्वीटर ट्रेन्डिङमा नेपाल विरलै पर्ने गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र भर्खरैको भूकम्पका बेला नेपाल ट्रेन्डिङमा परेको थियो ।
कान्तिपुर दैनिकबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
